श्रीमती हराएपछि ससुरालीमै गएर ज्वाइँले ससुरालाई आक्रमण गरे

SHARE

श्रीमती हराएपछि ससुरालीमै गएर ज्वाइँले ससुरालाई आक्रमण गरे

खोटाङ, भदौ २६ – खोटाङमा ज्वाइँको आक्रमणबाट ससुरा घाइते भएका छन् । रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्क बसेरीका ज्वाइँ गणेश खनालको सांघातिक आक्रमणबाट रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका पदमबहादुर पाण्डे घाइते भएका हुन् ।

**यो पनि पढ्नुहोस** : एटीएमबाट रकम चोर्ने १५ विदेशी नागरिक पक्राउ, ८८ लाख ६८ हजार बरामद

खनालले ससुरालीमै आएर आइतबार बिहान सुतिरहेकै ठाउँमा लट्ठी र खुकुरीले आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट टाउको, ढाड र खुट्टामा चोट लागेका पाण्डेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । ज्वाइँको पिटाइबाट घाइते भएका पाण्डेले आइतबार नै जाँच केस फारमका लागि निवेदन दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका सई मनोज यादवले बताउनुभयो ।

**यो पनि पढ्नुहोस** : नेपाल र चीनबीच तीन महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुँदै

ठाउँ–ठाउँमा चोट भए पनि पाण्डेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । श्रीमती हराएको विषयमा ससुरासँग विवाद भएपछि उनले आक्रमण गरेको आफन्तले बताएका छन् । सुरुमा लट्ठीले टाउकामा प्रहार गरेपछि खुकुरीले आक्रमण गरेको घाइते पाण्डेले बताउनुभयो ।

SHARE

Author: verified_user

0 comments: