अमेरिकामा मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध!

SHARE

अमेरिकामा मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध!

मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि अमेरिकी सर्वोच्च अदालतले यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेको छ ।

राष्ट्रपति ट्रम्पको निर्णयको समर्थन गर्दै अदालतले तत्कालै पूर्ण रूपले कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ ।

यस मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपतिको पक्षमा फैसला गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

तर राष्ट्रपतिको निर्णयविरुद्धमा विभिन्न संघीय अदालतले फैसला गरेपछि कार्यान्वयनमा आउन सकेको थिएन।

सर्वोच्च अदालतका ९ मध्ये सात न्यायाधीशले ट्रम्प प्रशासनले तल्लो अदालतले यात्रा प्रतिबन्ध लागू गर्न लगाएको प्रतिबन्ध हटाउन गरेको मागको पक्षमा मत दिएका छन् ।

सर्वोच्चले कार्यान्वयनको बाटो खुला गरे पनि अझै कानुनी चुनौती बाँकी नै रहेको बताइएको छ

तल्लो अदालतका न्यायाधीशले ट्रम्पको निर्णय धार्मिक रुपमा मुस्लिममाथिको प्रतिबन्ध रहेको भन्दै कार्यान्वयनमा रोक लगाएका थिए ।

अब सर्वोच्च अदालतको आदेशपछि मुस्लिम बाहुल्य ६ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने भएका छन् ।

SHARE

Author: verified_user

0 comments: