काठमाण्डौ ताकेर आइरहेको बसमा जब बम बनाउने सामाग्री भेटियाे
धादिङ, मंसिर १५ । काँकडभिट्टाबाट काठमाण्डौतर्फ आइरहेको बसबाट धादिङ प्रहरीले बम बनाउने सामाग्री सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ना७ख ४९७६ नम्बरको यात्रुवाहक बसलाई विशेष सूचनाको आधारमा खानतलासी गर्दा बम बनाउने विस्फोटक सामाग्री सहित भारतीय नागरिक पक्राउ परेका हुन् । उनीहरूको साथबाट विस्फोटक पदार्थ सहित आवश्यक उपकरण पनि बराम भएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ती भारतीयको नाम भने गोप्य राखिएको धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए ।
खानीखोलाका असइ दिपेन्द्र भट्टको कमाण्डमा रहेको प्रहरी टोलीले ती भारतीय नागरिकलाई विस्फोटक पदार्थ सहित पक्राउ गरेको हो ।
बरामद गरिएको विस्फोटक पदार्थ नष्ट गर्न गजुरी स्थित सेनालाई जिम्मालई लगाउने तयारी भइरहेको छ । पक्राउ परेका भारतीयसँग थप अनुसन्धान भइरहेको राउतले बताए ।
0 comments: