भोट नहालेको भन्दै कांग्रेस कार्यकर्ताले मतदातालाई कुटे, वडाध्यक्षको खुकुरी प्रहारबाट एकजना गम्भीर

SHARE

भोट नहालेको भन्दै कांग्रेस कार्यकर्ताले मतदातालाई कुटे, वडाध्यक्षको खुकुरी प्रहारबाट एकजना गम्भीर

सिन्धुपाल्चोक, मंसिर १३ । मंसिर १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान नगरेको भन्दै केही कांग्रेस स्थानीय नेताकार्यकर्ताले स्थानीयलाई कुटपिट गर्न थालेका छन् । मंगलबार इन्द्रवती गाउँपालिका–१ बसेरीमा कांग्रेसका स्थानीय नेता श्री लामा नेतृत्वको समूहले स्थानीय नाबुल साइला लामामाथि खुकुरी प्रहार गरेका छन् । निर्वाचनमा कांग्रेसलाई भोट नहालेको भन्दै श्री लामाले साइला लामामाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट साइला लामा गम्भीर घाइते भएका छन् ।

साइला लामाको टाउकोमा गम्भीर चोट लागेको छ । श्री लामाले साइला लामासँगै अरु थुप्रै स्थानीयमाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । श्री लामा इन्द्रवती १ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । उनी विगतदेखिक नै विवादित छबीका हुन् । उनीमाथि विभिन्न अपराधनमा संलग्न भएको आरोप लाग्दै आएको छ ।

सिन्धुपाल्चोककै थुम्पाखरमा पनि कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट नहालेको भन्दै स्थानीयमाथि खुकुरी प्रहार गरेका थिए । कांग्रेस कार्यकर्ताले थुम्पाखरमा कांग्रेसलाई सहयोग नगरेको भन्दै स्थानीयको घरमा समेत तोडफेड गरेका थिए ।

SHARE

Author: verified_user

0 comments: