
अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन सकेन
सन् २०१८ मा रुसमा हुने फिफा विश्वकपमा अर्जेन्टिना सिधै छनोट हुन सकेन ।
शुक्रबार बिहान दक्षिण अमेरिकी देशको छनोट अन्तरगत पेरुले गोलरहित बराबरीमा रोकेसँगै अर्जेन्टिनाले विश्वकपमा सिधै आफ्नो स्थान जमाउन नसकेन हो।
**यो पनि पढ्नुहोस** कुकुरले पनि मान्छेलाई यसरी बचाउदो रहेछ हेर्नुस भिडीयो जनावरको सम्मान स्वरुप सबैले शेयर गरौ
पेरु २५ अंकका साथ पाँचौं स्थानमा छ भने अर्जेन्टिना भने गोल अन्तरका आधारमा छैटौं स्थानमा छ ।
**यो पनि पढ्नुहोस** नेपाल घुम्ने आफ्ना नागरिकलाई चीनले भन्यो- झुक्किएर पनि भारत प्रवेश नगर्नू
विश्वकपमा स्थान बनाउन शीर्ष चारमा रहनुपर्छ । अर्जेन्टिनाले अब विश्वकपमा स्थान बनाउनका लागि प्लेअफ खेल खेल्नुपर्ने हुन्छ । अर्जेन्टिनाले अब अक्टोबर १० मा छनोट चरणको अन्तिम खेल इक्वेडरसँग खेल्नेछ ।
ब्राजिलले ३८ अङ्क ल्याई रुसको टिकट पक्का गरिसकेको छ भने दोस्रो स्थानमा रहेको उरुग्वेको २८ अंक छ । तेस्रो स्थानमा रहेको चिली र चौंथो स्थानमा रहेको कोलम्बियाको समान अंक २६ छ ।
Source : Setopati
0 comments: