
सामूहिक बलात्कारको आरोपमा गुल्मीमा पाँच जना पक्राउ
२० असोज, गुल्मी । जवरजस्तीकरणी आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
गत असोज १५ गते मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित थामडाडा बस्ने ३५ वर्षीय महिलालाई सामूहिक रुपमा जबरजस्तीकरणी गरेको आरापमा उनीहरुलाई पक्राउ गरिएको गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले जानकारी दिए ।
**यो पनि पढ्नुहोस** अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन सकेन
पक्राउ पर्ने युवाहरुलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वजनिक गरेको हो ।
जवरजस्तीकरणी आरोपमा पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालि-१ ढाडा बस्ने १८ वर्षे बुद्ध नेपाली, १६ वर्षे रेशम नेपाली, १६ वर्षकै सुरेश नेपाली, १८ वर्षकै हरि खत्री र २४ वर्षेका ध्रुब थापा रहेको डीएसपी थापाले जानकारी दिए । पक्राउ परेका युवामाथी थप अनुसन्धान अगाडि वढाइएको प्रहरीले जनाएको छ ।
**यो पनि पढ्नुहोस** नेपाल घुम्ने आफ्ना नागरिकलाई चीनले भन्यो- झुक्किएर पनि भारत प्रवेश नगर्नू
जवरजस्तीकरणीमा परेकी महिला सन्तुलन ठिक नभएकी महिला रहेको प्रहरीले जनाएको छ । उनको अबस्था सामान्य रहेको छ ।
युवाहरुले साँझ पख महिलामाथी जवरजस्तीकरण गरेका थिए ।
0 comments: