त्रिशूली बस दुर्घटनाः मृतकको संख्या १९ पुग्यो, १२ जनाको सनाखत

SHARE

त्रिशूली बस दुर्घटनाः मृतकको संख्या १९ पुग्यो, १२ जनाको सनाखत

११ कात्तिक, धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले १९ जनाकाे मृत्यु भए पनि पहिचान नखुलेको अनलाइनखबरलाई जानकारी दिए ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको पुष्टि भए बसमा कति यात्रु भन्ने खुलेकाे छैन । बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने थाहा हुन नसकेको हो ।

घाइतेहरुका अनुसार बसमा करीब ५० जनाभन्दा बढी यात्रु थिए ।

प्रशासकीय अधिकृत मिश्रका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।

मृत्यु भएका १९ जना मध्ये यो समाचार तयार पार्दासम्म १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकाहरू मध्ये १० जना सप्तरी जिल्लाका रहेका छन् भने एक जना सिरहा र एक जना र्इण्डियाकाे बिहारका रहेको प्रहरीले जानकारी दिएको छ ।

हालसम्म सनाखत भएका १२ जना मृतकको नामावली :

नरेश मुखिया – सप्तरी

शुसान चौधरी – सप्तरी

रमानन्द यादव – सप्तरी

संजित कुमार झा – सप्तरी

सिम्मी कुमारी झा -सप्तरी

आदित्य यादव – सप्तरी

ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया

राज कपुर यादब – सिरहा

पार्वती चौधारी – सप्तरी

चन्द्ररेखा प्रमणी – सप्तरी

मन्जित कुमार झा – सप्तरी

चन्द्रावती झा – सप्तरी

दुर्घटनाका घाइतेहरुकाे नामावली

अमन ठाकुर – राजबिराज न पा. – २

श्रवण कुमार ठाकुर – राजबिराज न पा . -२

उद्द्ब ठाकुर – – राजबिराज न पा . -२

दिवस कान्त पन्डित – सिराह भगवानपुर -१

दुर्गा नन्द चौधरी – राजबिराज न पा . -९

दुर्गा नन्द यादब – राजबिराज न पा . -९

नितिदिता चौधरी

सुगम चौधरी

सन्तोश सरदार – सप्तरी राजविराज

मनोज ठाकुर – मधुवन बिहार

गणेश ठाकुर – मधुवन बिहार

गौरी शंकर ठाकुर – मधुवन बिहार

अभिषेक चौधरी – मधुवन बिहार

सुशिल यादब – सप्तरी राजविराज

सुरेन्द्र कुमार यादब – सप्तरी राजविराज

Source: OnlineKhabar

SHARE

Author: verified_user

0 comments: