कुखुराको अण्डाभित्रै औषधि उत्पादन !

SHARE

कुखुराको अण्डाभित्रै औषधि उत्पादन !

जापानी अनुसन्धाताहरूले कुखुराको अण्डाभित्रै औषधि उत्पादन गरेका छन् । कान्साई क्षेत्रस्थित ‘नेशनल इन्ष्टिच्युट अफ एड्भान्ष्ड इण्डष्ट्रियल साइन्स एण्ड टेक्नोलोजी’का अनुसन्धाताहरूले अण्डाभित्रै क्यान्सरलगायत घातक रोगसँग लड्ने औषधि भएको अण्डा दिने कुखुरा तयार पारेका हुन् । उपचारको लागत नाटकीय ढङ्गले घटाउने प्रयासस्वरूप यस्तो गरिएको हो । वैज्ञानिकहरू सुरक्षित रूपमा ‘इण्टरफेरोन बेटा’ नामक प्रोटिन उत्पादन गर्न सफल भए भने यसले सक्लेरोसिस र हेपाटाइटिसलगायतका रोेगको उपचारमा प्रयोग हुने औषधिको मूल्य निकै घटाउने अपेक्षा गरिएको छ । अहिले यी औषधिको केही माइक्रोग्रामका लागि करीब ९ सय अमेरिकी डलर पर्दछ ।

‘नेशनल इन्ष्टिच्युट अफ एड्भान्ष्ड इण्डष्ट्रियल साइन्स एण्ड टेक्नोलोजी’का अनुसन्धाताहरूले अण्डाको कोशमै इण्टरफेरन बेटा उत्पादन गर्ने जिन इञ्जेक्ट गरेका थिए । पछि यो कोशलाई कुखुराको अण्डालाई ‘फर्टिलाइज’ गर्न प्रयोग गरेर इण्टरफेरन बेटायुक्त कुखुरा उत्पादन गरेका थिए । यसरी उत्पादित कुखुराले दिएको अण्डामा समेत यही औषधि हुने बताइएको छ । अहिले तीनओटा कुखुराले यस्तो औषधियुक्त अण्डा दिइरहेको र यसले दैनिक रूपमा अण्डा पारिरहेको बताइएको छ ।

अनुसन्धाताहरूले यो अण्डालाई आधा मूल्यमै फर्मास्युटिकल्स कम्पनीलाई बेच्ने योजना बनाइरहेका छन् । जापानमा कुनै नयाँ वा विदेशी फर्मास्युटिकल्स उत्पादन ल्याउनुपूर्व निकै कठोर नियमनको सामना गर्नुपर्ने भएकाले यस्तो अण्डा किन्न आम उपभोक्ताहरूले भने केही समय कुर्नुपर्ने बताइएको छ । यो प्रयास पूर्ण रूपमा सफल भएमा यसले क्यान्सर, हेपाटाइटिसलगायतका गम्भीर रोगको औषधिको मूल्य १० प्रतिशतसम्म घटाउने अनुसन्धाताहरूको अपेक्षा छ । एजेन्सी

SHARE

Author: verified_user

0 comments: