वास्तुशास्त्र भन्छः घरमा गर्नुस् यी काम, धन जोगिन्छ

SHARE

वास्तुशास्त्र भन्छः घरमा गर्नुस् यी काम, धन जोगिन्छ

वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा हरसमय सुख र शान्ति कायम रहन्छ । यहाँ बताइएका सजिला कामहरूमा विशेष ध्यान दिनुभयो भने घरमा नकारात्मक ऊर्जा हटेर सकारात्मकता ल्याउन सकिन्छ । घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस् । यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ । यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन ।

**यो पनि पढ्नुहोस** के बिहान सबेरै उठ्दा साँच्चिकै धनी भइन्छ ?

घरको उत्तर र दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वको दिशा हो । यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा फाइदा पुग्छ । घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबभन्दा उत्तम हुन्छ । यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम फत्ते गर्न सकिन्छ ।घरको पूजाकोठामा अन्य देवताका साथसाथै वास्तुदेवताको तस्वीर पनि राख्नुस् । अनि उहाँको तस्वीर वा मूर्तिमा नियमित पूजा गर्नुस् । यसो गर्दा वास्तुदोष हटेर जान्छन् ।

**यो पनि पढ्नुहोस** कुकुरले पनि मान्छेलाई यसरी बचाउदो रहेछ हेर्नुस भिडीयो जनावरको सम्मान स्वरुप सबैले शेयर गरौ

घरको छतमा राखिने पानी टंकी दक्षिणपश्चिम दिशामा राख्नु ठीक हुन्छ । अन्य दिशामा टंकी राख्नु अशुभ हुन्छ । अन्य दिशामा टंकी छ भने रातो धागोमा क्रिस्टल बाँधेर टंकीमा झुण्ड्याउनुहोला । घरका हरेक सदस्यले कोठाको ढोकामा खुट्टो नतेर्सिने गरी सुत्नु जरूरी हुन्छ । वास्तु अनुसार यसरी सुत्नु सही होइन । यसो गर्दा धनको समस्या आइलाग्छ ।भान्सामा आगो र पानी नजिकै नराख्नुहोला । यी दुई परस्पर विरोधी चीज हुन् । यिनलाई सँगै राख्दा काममा असफलता पाइन्छ ।

SHARE

Author: verified_user

0 comments: