म्याग्दी केन्द्रबिन्दु भएर फेरी आज पनि भूकम्पको धक्का

SHARE

म्याग्दी केन्द्रबिन्दु भएर फेरी आज पनि भूकम्पको धक्का

३० असोज, काठमाडाैं । म्याग्दीमा गएराति भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, जिल्लाको धौलागिरि गाउँपालिका– ३ मुना केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

राति ११ बजेर २३ मिनेटमा गएको भूकम्पको धक्का म्याग्दीसँगै आसपासका जिल्लामा समेत महसुस भएको बताइएको छ । भूकम्पमापन केन्द्रका अनुसार यो पराकम्पन नभएर नयाँ भूकम्प हो ।

SHARE

Author: verified_user

0 comments: