बुटवलमा मोबाइल आईसीयू सहितको एम्बुलेन्स सेवा

SHARE

बुटवलमा मोबाइल आईसीयू सहितको एम्बुलेन्स सेवा

२४ भदौ, बुटवल । रुपन्देहीमा पहिलो पटक आईसीयू सहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।

नेपाल एम्बुलेन्स सेवा र लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ को सहकार्यमा मोबाइल आईसीयू सहितको एम्बुलेन्स सेवा शुरु भएको हो । करिब ६० लाखको लागतमा खरिद गरिएको एम्बुलेन्सको सरकारले ट्याक्स फि्र गरिसकेको छ ।

इलाका प्रहरी कार्यालयमा रहने एम्बुलेन्सबाट सेवा लिनका लागि १०२ मा फोन गर्नुपर्नेछ । यसो भएमा तालिमप्राप्त ३ जना स्वास्थ्यकर्मी सहित २ जना चालकको टोलीले बिरामीलाई तत्कालै घरमै आएर अस्पताल लैजानेछ ।

**यो पनि पढ्नुहोस** : कागती बेचेर पाँच वर्षमा करोडपति

बिरामीलाई एम्बुलेन्समै उपचार गर्दै अस्पतालसम्म पुर्याउनेछ । यसरी पुर्याउँदा उनीहरुले थप पैसा लिने छैन ।

**यो पनि पढ्नुहोस** : तपाईको बच्चालाई पढाईमा मन लाग्दैन ….बुधवारको दिन गर्नुहोस यो उपाय

लायन्स क्लव अफ बुटवल मणिमुकुन्दले एम्बुलेन्स संचालनका लागि स्थानीय रुपमा सहयोगी संस्थाको रुपमा भुमिका निर्बाह गर्ने अध्यक्ष काजीमान श्रेष्ठले बताए । ‘हामी सामजिक सेवामै जुटेका छौं, यसलाई संचालनका लागि मासिक २ लाख खर्च लाग्नेछ’ उनले भने ।

SHARE

Author: verified_user

0 comments: