काठमाडौंको फोहोर बिर्सजन अब बन्चरे डाँडामा

SHARE

काठमाडौंको फोहोर बिर्सजन अब बन्चरे डाँडामा

१० असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ ।

नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागेकोे कामपाका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिए ।

**यो पनि पढ्नुहोस** बुलेटको यो नया लुक देखेर तपाईको जान सक्छ सातो । हेर्नुहोस नया लुक (फोटो सहित)

उनका अनुसार वनचरीमा फोहर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर गर्दैन त्यसैले उक्त स्थानको अवलोकनसमेत कामपाले गरिसकेको छ । अब कामपाको फोहर संकलन गर्ने स्थान नुवाकोटको वनचरे नै हो ।

केही समयअघि सिसडोलका स्थानीय बासिन्दाले कामपाको फोहर लैजाने गाडीका ड्राइभरलाई कुटपिट गरेपछि झण्डै एक महिनादेखि कामपाको फोहर उठ्न सकेको छैन ।

**यो पनि पढ्नुहोस** आफू जन्मेको वारबाट थाहा हुन्छ धेरै गोप्य कुराहरु

आजभन्न्दा करिब १३ वर्षअघि दुई वर्षका लागि सिसडोलका स्थानीयवासीसँग कामपाले फोहर फाल्न सहमति गरेको थियो ।

फोहर फाल्ने सहमति भएको समय सकिँदा पनि कामपाले अन्य स्थानमा फोहर व्यवस्थापन गर्न नसकेकाले सिसडोलका स्थानीयवासीले समय समयमा अवरोध गर्दै आएका छन् । कामपाबाट मात्र हाल दैनिक ५०० टन फोहर सिसडोल लाने गरिएको छ ।

अबको केही समयमा नै कामपाले प्रत्येक घरमा कुहिने र नकुहिने फोहरलाई फरक फरक स्थानमा व्यवस्थापन गर्न अनिवार्यसमेत गर्ने भएको छ ।

कुहिने फोहरलाई घरधनीले व्यवस्थापन गर्नुपर्ने छ भने नकुहिने फोहरमात्र कामपाले व्यवस्थापन गर्ने उपप्रमुख खड्गीले स्पष्ट पारिन् ।

कामपाले हाल विभिन्न स्थानमा थुप्रिएर रहेको फोहर केही दिनमै उठाउने पनि उपप्रमुख खड्गीले बताइन् ।

अनलाइन खबरको सहयोगमा

SHARE

Author: verified_user

0 comments: