कोरियामा गुल्मीका एक नेपाली झुन्डिएको अवस्थामा मृत फेला
रोजगार अनुमति प्रणाली ईपीएस मार्फत करिब ४ महिना पहिला कोरिया आएका एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन्।
नेपालको स्थायी घर गुल्मी भई हाल बुटवलको नयाँगाउँ बस्दै आएका कमल कार्की सोमबार बिहान झुन्डिएको अबस्थामा मृत फेला परेका हुन्।
**यो पनि पढ्नुहोस** बुलेटको यो नया लुक देखेर तपाईको जान सक्छ सातो । हेर्नुहोस नया लुक (फोटो सहित)
कोरियाको ख्यङगिदोको हवासङस्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिमामा झुण्डिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई रिपोर्ट गरेको कम्पनीमा सँगै कार्यरत नेपालीले बताए।
सहकर्मी आर मगरका अनुसार करिब ४ महिना पहिला आएका कार्कीले पहिले आएको कम्पनी राम्रो नभएपछी परिवर्तन गरि उक्त कम्पनीमा पुगेका थिए।
**यो पनि पढ्नुहोस** काठमाडौंको फोहोर बिर्सजन अब बन्चरे डाँडामा
नयाँ कम्पनीमा काम गर्न थालेको मात्र १ महिना पुग्दै गरेको र उनले एलियन कार्ड समेत पनि सोहि कम्पनीमा आएर बनाएको सहकर्मीले बताए।
११ जना नेपाली कार्यरत उक्त कम्पनीमा बिदेशी कामदार कम्पनि परिसरकै कन्टेनरमा बस्दै आइरहेका छन्। साँझ खाना खाएर राम्रै सुतेका कार्की राति करिब २/३ बजे तिर बाहिर निस्किएका थिए। सँगैका साथीले पिसाब फेर्न निस्किएको होला भनेर वास्ता नगरेको तर एक्कासी बिहान कोरियनहरू आएर तेरो साथीले आत्महत्या गर्यो भन्दा चकित परेको बताए।
**यो पनि पढ्नुहोस** आफू जन्मेको वारबाट थाहा हुन्छ धेरै गोप्य कुराहरु
प्राय जसो काम सकिने वितिकै मोबाईल फोनमा व्यस्त रहने मृतक कार्कीको आत्महत्याको कारण पारिवारिक टेन्सन हुनसक्ने अनुमान रहेको सँगै काम गर्ने नेपालीहरु बताउँछन्।
सन्२०१७ लागेयता कोरियामा आत्महत्या गर्ने नेपालीको संख्या ७ पुगेको छ। रोजगारीको लागि नेपाली युवाहरुको आकर्षक गन्तब्य मुलुक मानिएको दक्षिण कोरियामा पछिल्लो समय आत्माहत्या गर्नेहरुको संख्यामा पनि अत्याधिक बृद्धि भईरहेको छ। यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण हुनु जरुरि देखिन्छ।
सेतो पटिको सहयोगमा
0 comments: