मेला लागेजस्तै बुटवल बसपार्क, दशैंमा घर फर्किनेहरुको भीड

SHARE

मेला लागेजस्तै बुटवल बसपार्क, दशैंमा घर फर्किनेहरुको भीड

१० असोज, बुटवल । बुटवल बसपार्क अहिले मेला लागेजस्तै भएको छ । दशैंमा घर फर्किनेको लर्को लागेको छ, तर घरसम्म जाने सवारी साधनको अभाव भएको यात्रुहरुको गुनासो छ ।

हिन्दु नेपालीहरुको महानपर्व बडादशैंको टीका थाप्ने दिन असोज १४ आउन अब जम्मा ४ दिन बाँकी छ । टीका थाप्न र आफन्तजन भेटघाटका लागि घर फर्किनेहरुको बसपार्कमा भिड बढेको छ ।

**यो पनि पढ्नुहोस** आफू जन्मेको वारबाट थाहा हुन्छ धेरै गोप्य कुराहरु

उनीहरु टिकट अभावमा सास्ती भोगेको बताउँछन् । अझ सवारी साधनको टिकट नपाएर हैरानी बेहोर्ने पनि धेरै छन् । तर यातायात व्यवसायीले दशैंलाई लक्षित गरेर अत्याधुनिक सुविधासहितको बस थपिरहेका छन् । तर पनि यात्रुहरुले सहज यात्रा गर्न नपाएको गुनासो गरेका छन् ।

पश्चिम नेपाल बस ब्यवसायी संघले भने सहज ढंगले यात्रु बोकिरहेको बताउँछ । मंगलबारमात्रै बुटवलबाट १ सय बस गुल्मीका लागि छुटेका छन् । करिब ४ हजार ५ सय यात्रु गुल्मी फर्किएका हुन् । यहि तुलनामा बुटवलबाट अर्घाखाँची, पाल्पा, स्याङजा लगायतका जिल्लामा यात्रुहरु घर फर्किएका छन् ।

**यो पनि पढ्नुहोस** यी हुन् ग्यास्ट्रिक च्वाट पार्ने ६ घरेलु उपाय

**यो पनि पढ्नुहोस** घुर्ने समस्या छ ? छ भने एकचोटी पढनुहोस नत्र यो पछि प्राण घातक हुन सक्छ ! सबैले एकचोटी पढनै पर्ने

अनलाइन खबरको सहयोगमा

SHARE

Author: verified_user

0 comments: