
गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु
८ असोज, गुल्मी । गुल्मीमा शनिबार भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । गुल्मीको भेडुवाबाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बलेरो जिप रेसुङ्गा नगरपालिका १३ स्थित भंगारी भन्ने स्थानमा दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।
**यो पनि पढ्नुहोस** बुलेटको यो नया लुक देखेर तपाईको जान सक्छ सातो । हेर्नुहोस नया लुक (फोटो सहित)
दूर्घटनामा परी रेसुंगा नगरपालिका ३ का ३६ वर्षीय बाबुराम पन्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुराकुमार द्विवेदीले जानकारी दिए ।
दुर्घटनामा जीपका चालक इस्मा गाउँपालिका– २ का डम्बर कुँबर घाइते भएका छन् । उनको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
**यो पनि पढ्नुहोस** साकारलाई यसरी माफी मगाए लाहुरेले (भिडियाे सहित)
जीप सडकबाट करिब ३ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
अनलाइन खबरको सहयोगमा
0 comments: