सुनको भाउ ह्वातै घट्यो, यति छ आज
काठमाडौं। केही दिनदेखि बढ्दै गएको सुनको मूल्य आज भने तोलामा तीन सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५७ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ सस्तीएको छ । आज चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
0 comments: