
रुपन्देहीमा बस दुर्घटना, २ जनाको मृत्यु
रुपन्देही । काठमाडौंबाट दाङ्को तुलसीपुरका लागि छुटेको यात्रुबाहक बसलाई नेपालगन्ज जाँदै गरेको बसले पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा २ जना घाइते भएका छन् ।
**यो पनि पढ्नुहोस** : घुर्ने समस्या छ ? छ भने एकचोटी पढनुहोस नत्र यो पछि प्राण घातक हुन सक्छ ! सबैले एकचोटी पढनै पर्ने
सोमबार बिहान रुपन्देहीको देवदह–१० भलुही जंगलमा काठमाडौँबाट दाङ तुलसीपुर लागि छुटेको ना ५ ख ३१५९ नम्बरको बसलाई काठमाडौँबाटै नेपालगन्जका लागि छुटेको ना ७ ख ६५८ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
**यो पनि पढ्नुहोस** : छिटै मोटाउन मन छ ? पढ्नुहोस यस्ता उपाय
दुर्घटनामा ठक्कर दिने बसका सहचालक सल्यान खलंगाका २९ वर्षका सुजन परियार अघिल्लो बसका यात्रु सुर्खेत पञ्चपुरी ५ का ३० वर्षिय भिमबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको । गम्भीर घाइते दाङ देउखुरीकी सुमित्रा सुनारको लुम्बिनी अञ्चाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
0 comments: