ति नियमित व्यायम गर्दा हुन्छ आँखा तेजिलो

SHARE

एजेन्सी – शारीरिक ब्यायमले शरीर स्वस्थ बनाउन मद्दत पुग्छ भन्ने कुरा थाह नहुने सायदै होलान् । तर यसरी गरिने ब्यायमले हाम्रो आँखाको ज्योति थप तेजिलो बनाउछ भनेर थाह पाउने भने त्यति धेरै छैनन् होला ।

हो, शारीरिक व्यायमले आँखालाई तेजिलो बनाउन पनि मद्दत गर्छ । इमोरी युनिभर्सिटी र एटलान्टा भेटेरेन्स एड्मिनिस्ट्रेशन मेडिकल सेन्टरले सयुक्तहरुमा हालै गरेको अनुसन्धानले उमेरसंगै आँखाको शक्ति नगुमाउन शारीरिक व्यायममा ध्यान दिनुपर्ने निचोड निकालेको छ ।

सो अनुसन्धान मुसामा गरिएको थियो । दुई समूहमा विभाजित मुसाहरुमध्ये पहिलो समुहका मुसालाई दैनिक १ घण्टा ट्रेडनिलमा दौडाइएको थियो । दोस्रो समूहका मुसाहरुलाई स्थीर अवस्थामा राखिएको थियो ।

दुई हप्तापछि ट्रेडनिलमा दौडिएका पहिलो समूहका मुसाहरु दैनिक ४ घण्टा चहकिलो प्रकाशमा विताइरहेको पाइयो । तर स्थिर रहेका दोस्रो समूहका मुसाहरु भने न्युन तथा मध्यम प्रकाशमा रहन रुचाए ।

यस्तो नतिजा देखिनुको कारण स्थिर रहेका मुसाहरुको रेटिनामा प्रकाश थाह पाउने न्युरोनहरु मरेका थिए । र यसैको कारण तिनिहरुको आँखाको ज्योति कमजोर हुन पुग्यो ।

मुसाहरुमा गरिएको अनुसन्धानबाट यस्तो नतिजा पाएपछि अनुसन्धानकर्तारु मानिसहरुमा पनि शारीरिक व्यायम र आँखाको ज्योतिको सम्वन्धको बारेमा परीक्षण गर्ने तयारीमा लागेका छन् ।

ति नियमित व्यायम गर्दा हुन्छ आँखा तेजिलो

SHARE

Author: verified_user