बाढी पीडितलाई स्मार्ट टेलिकमले दियो निःशुल्क टेलिफोन सेवा

SHARE

बाढी पीडितलाई स्मार्ट टेलिकमले दियो निःशुल्क टेलिफोन सेवा

स्मार्ट टेलिकमले बाढी प्रभावित जिल्लाका पीडितहरुलाई निःशुल्क टेलीफोन सेवा उपलब्ध गराएको छ । बाढी प्रभावित क्षेत्रमा सूचनाको सहज पहुँचका लागि निशुल्क टेलफोन सेवा उपलब्ध गराएको स्मार्ट टेलीकमले जानकारी दिएको छ ।

बाढी प्रभावित क्षेत्रमा आइतबारदेखि नै स्मार्ट देखि स्मार्टको नेवटर्कमा फोन गर्दा तथा सन्देश पठाउँदा कुनै शुल्क लाग्दैन ।

यसैगरी बारा, पर्सा, रौतहट, चितवन,नवलपरासीलगायतका जिल्लाका ३० विभिन्न स्थानमा निशुल्क टेलीफोन बुथसमेत राखेको छ ।

बुथबाट स्थानीय बासिन्दाले आफूले चाहेको स्थान र नेटवर्कमा फोन गर्न पाउनेछन् । बाढी पहिरोका कारण टेलीफोन नेटवर्क नभएका स्थानमा सूचना आदान प्रदानका लागि सहयोग पुग्ने अपेक्षा स्मार्टले गरेको छ ।

Source: Setopati
SHARE

Author: verified_user