साफ यू-१५ को फाइनलमा नेपाल र भारत भिड्ने

SHARE

नेपाल यू-१५ साफको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्न

९ भदौ, काठमाडौं । नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ ।

शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले हराएको छ ।

नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गर्‍यो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गरे ।

६४ औं मिनेटमा बंगदादेशले आत्मघाती गोल गर्‍यो । तर, ७२ र ७३ औं मिनेटमा लगातार गोल गर्दै खेलमा फर्किने संकेत देखायो । तर, नेपालले अर्को गोल गर्दै ४-२ को जित निकाल्न सफल भएको छ ।

अर्को खेलमा भारतले भुटानलाई ३-० ले हराएको छ ।

यो जितसँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। फाइनलमा नेपाल आइतबार भारतसँग भिड्नेछ।

Source: OnlineKhabar.com
SHARE

Author: verified_user