मौसमविद भन्छन् - आइतबार पनि भारी वर्षा हुन सक्ने उच्च सम्भावना

SHARE

भोलि आइतबार २८ गते पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारदेखि पानी पर्ने क्रम जारी रहेकाले देशका अधिकांश जिल्ला डुबानमा परेका छन् । तराईमा बाढी र पहाडमा पहिरोः ३० को मृत्यु, हजारौं प्रभावित भएका छन । मौसमविद सुवास रिमालले आइतबार पनि पानी पर्ने क्रम जारी रहने बताए । ‘मनसुनी वषर्ाको गतिविधि देशभर नै सक्रिय भइरहेको छ । आइतबार पनि भारी वर्षा हुने सम्भावना देखिन्छ ।’

मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेकाले नेपालमा मनसुनी गतिबिधि सक्रिय अवस्थामा छ । यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ ।

बाढीमा परेर ३० जनाको मृत्यु भइसकेको गृहमन्त्रालयले जनाएको छ ।

यसअघि जल तथा मौसम विज्ञान बिभागको बाढी पूर्वानुमान शाखाले नदी तथा खोलाहरुको जलस्तर बढिरहेकाले सतर्क रहन अपिल जारी गरेको छ ।

कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीहरुमा पानीको सतह बढेर खतराको संकेत पार गरिसकेको छ ।

मौसमविद भन्छन् - आइतबार पनि भारी वर्षा हुन सक्ने उच्च सम्भावना

SHARE

Author: verified_user