अमेरिकामा हालै खुलेको छ नेपाली अनलाइन डेटिङ साइट
वाशिङटन डिसी । विश्वका प्रायः मुलुकहरुमा खुलिसकेको डेटिङ साइट अर्थात जोडीको तिथि निर्धारण स्थल अमेरिकामा एक नेपालीले पनि सञ्चालनमा ल्याएका छन् ।
डिसी महानगर क्षेत्रमा बस्दै आएका एक युवाले नेपालीहरुलाई लक्षित गरी ‘नेप्लिज जोडी’ नामक डेटिङ साइट खोलेका हुन् ।
यसमा सबैले निःशुल्क प्रवेश पाउने व्यवस्था गरिएको छ । १८ वर्षभन्दा माथिको जोसुकैले यसको सदस्य बन्न सक्नेछन् । वैवाहिक सम्बन्ध स्थापनाका लागि साइट खोलिएको सञ्चालकले बताएका छन् ।