
जीवन सफल बनाउन गर्नुहोस् फङ्गशुईको पालना
फङ्गशुइको बारेमा धेरैले सुनेको हुनुपर्छ । यस संस्कृतिको उत्पत्ति चीनबाट भएको थियो । यो प्रचलनमा स्थान, सामान तथा केही कुरालाई ध्यानमा राखेर धेरैभन्दा धेरै सकारात्मक ऊर्जा व्यक्तिभित्र ल्याउन सघाउने विधि अपनाइन्छ । पश्चिमी देशहरूमा यसको प्रचारप्रसार धेरै भएका कारण धेरै मानिसले यसलाई अपनाएको पाइन्छ । फङ्गशुईका धेरै नियम छन् । धेरै मानिसमा यसको बारेमा केही भ्रम पनि रहेको पाइन्छ । तपाईंले सही नियमबारे थाहा पाएर यसको पालन गर्नु राम्रो हुन्छ । यहाँ फङ्शुईका १० नियमबारे जानकारी दिइएको छ, जसको पालना गर्नाले घरमा सुखशान्ति तथा समृद्धि आउनेछ ।
ढोका सफासुग्घर राख्नुहोस्
घरको मुख्य ढोका राम्रो र सफासुग्घर देखिनुपर्छ । मुख्य ढोका फोहोर हुन नदिन त्यसको अगाडि सुकेका बिरुवा वा टुटेफुटेका गमला छन् भने हटाउनुहोस् । यो ढोकाबाट सकारात्मक ऊर्जाको प्रवेश हुन्छ ।
कोठाहरू व्यवस्थित गर्नुहोस्
घर तथा जीवनमा खुशी ल्याउन घरका सबै कोठाहरू सफासुग्घर राख्न जरुरी छ । यदि कोठाहरू सफा तथा व्यवस्थित छ भने तपाईंलाई त्यसबाट शक्ति तथा शान्ति मिल्छ ।
फर्निचर सही ठाउँमा राख्नुहोस्
घरमा भएका सबै फर्निचरलाई व्यवस्थित रूपमा राख्नुपर्छ, ती कुनै पनि बाङ्गोटिङ्गो हुनुहँुदैन । बस्ने तथा सुत्ने उचित तथा स्थायी ठाउँ बनाउनुहोस् । फर्निचरको यसरी व्यवस्था गर्नुहोस्, कुनै मानिस भित्तामा सटेर बस्न चाहन्छ भने त्यसलाई सार्न नपरोस् ।
बिग्रिएका सामान तुरुन्त मर्मत गर्नुहोस्
घरका कुनै पनि सामान बिग्रिएका छन् भने तुरुन्त मर्मत गर्नुपर्छ । यसो गर्नाले घरमा नकारात्मक ऊर्जा प्रवेश हुन्छ । भनिन्छ, जबसम्म घरमा टुटेफुटेका सामान रहन्छन्, तबसम्म सकारात्मक ऊर्जाको प्रवाह बन्द रहन्छ ।
झुन्ड्याउने शिशा कोठामा राख्नुहोस्
झुन्ड्याउने शिशा कोठामा राख्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ । याद राख्नुपर्ने कुरा के छ भने घरको मुख्य ढोकाअगाडि भने यसरी शिशा झुन्ड्याउनु हुँदैन । यसो गर्नाले सकारात्मक ऊर्जा फिर्ता जान्छ ।
ताजा फूल तथा बिरुवा लगाउनुहोस्
ताजा फूल वा हरिया वनस्पति घरमा सजाएर राख्नुहोस् । यसले मनमा खुशी आउनुका साथै घरमा सकारात्मक ऊर्जाको प्रवेशले माहोल रमाइलो बन्छ । यदि तपाईं पति–पत्नीबीचको सम्बन्ध सुमधुर बनाइराख्न चाहनुहुन्छ भने काँटछाँट गरिएका सुन्तला वा कागतीको बिरुवा (बोनसाई) कोठामा राख्नुहोस् ।
रूम फाउण्टेन राख्नुहोस्
यसलाई भित्तामा सटाएर बनाउनुपर्छ । पानी माथिल्लो भागबाट तल खस्ने तथा त्यसलाई माथि तानेर पुनः खसाल्ने विधिलाई रूम फाउण्टेन भनिन्छ । यसले कोठामा सौहार्दपूर्ण वातावरण तथा सुख ल्याउँछ ।
उपयुक्त रङ लगाउनुहोस्
घरमा राम्रो तथा सुहाउँदो रङ लगाउँदा सकारात्मक ऊर्जा आउनुका साथै मनमा खराब विचार आउन पाउँदैन । जस्तै– हरियो रङले प्रकृतिलाई दर्शाउनुका साथै जीवन तथा आशा बढाइदिन्छ । रातो तथा प्याजी रङ भाग्यशाली मानिन्छ । यस प्रकारले जीवनका रङ सुधार गर्न घरको रङ सही हुनुपर्छ ।
घरमा सीधा लाइन वा कुनो नबनाउनुहोस्
घरमा गोलो गरी बनाइएका कुनाले सकारात्मक ऊर्जा ल्याउँछन् । यहाँसम्म कि, विस्तारा तथा फर्निचरका कुना पनि गोलाइमा भएको राम्रो हुन्छ ।