६ नम्बर प्रदेशलाई नेपालकै धनी प्रदेश बनाउने छौं–गृहमन्त्री शर्मा

SHARE

६ नम्बर प्रदेशलाई नेपालकै धनी प्रदेश बनाउने छौं–गृहमन्त्री शर्मा

काठमाडौं – गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ६ नम्बर प्रदेशलाई नेपालको सवैभन्दा धनी प्रदेश बनाईने उद्घोष गरेका छन् । मंगलबार काठमाडौंमा अखिल (क्रान्तिकार) रुकुम–काठमाडौं सम्पर्क समितीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने, ‘६ नम्बर प्रदेश नेपालको सवैभन्दा धनी प्रदेश हुनेछ, हामी बनाउँने छौं ।’

६ नम्बर प्रदेशका जनताको जिवन अहिले कष्कटर भए पनि त्यहाँका स्रोतलाई सदुपयोग गरेर जनताकै पसिनाले उक्त प्रदेशलाई उर्वर बनाउन सकिने उनाले बताए ।

**यो पनि पढ्नुहोस** : मेक्सिकोमा फेरी भूकम्प, एक सय ३० को मृत्यु

‘राष्ट्र निर्माण गर्नका लागी इच्छाशक्ति र दुरदृष्टिको आवश्यकता हो’ उनले भने, ‘इच्छाशक्ति भएमा छोटो समयमा कम्तिमा १५ बर्षभित्र संवृद्ध राष्ट बनाउने सक्ने अवस्थामा हामी छौं, हामीसँग त्यस प्रकारको जनशक्ति र साधन स्रोत छ ।’

रुकुम १० बर्षभित्र बेरोजगार मुक्त !

रुकुमका स्थायी बासिन्दा समेत रहेका मन्त्री शर्माले २०६३ सालपछि आफुले रुकुम विकासको खाका बनाएर अगाडी बढेको जानकारी दिँदै सोही अनुसार विकासको काम भईरहेको बताए । ‘१० बर्षभित्र रुकुम बेरोजागार मुक्त जिल्ला हुनेछ, यो मैले त्यतिकै भनेको हैन’ उनले भने, ‘तपाईहरुलाई साथमा लिएर आफैंलाई चुनौती खडा गरेर लक्ष्य पुरा गर्नका लागी भनेको हुँ, यो लक्ष्य अवश्य पुरा हुनेछ ।’

रुकुमबाट काठमाडौंमा पढन् आएका विद्यार्थिहरुको समस्या आफुले बुझेपनि केही गर्न नसकेको स्विकार गर्दै मन्त्री शर्माले ईच्छाशक्ति हुँदापनि कत्तिपय कुराहरु गर्न नसकिएको बताए ।

**यो पनि पढ्नुहोस** : महिन्द्राले ल्यायो अर्को बिधुतिय कार, कति छ त मूल्य ? पढ्नुहोस

जनताको सुझाव अनुसार रुकुम दुईओटा जिल्ला बनाईएको उल्लेख थर्दै मन्त्री शर्माले भने, ‘भोलिका दिनमा आफैं चुनाव लड्ने ठाउँमा बुद्धीमता पुर्वक नै जिल्ला विभाजनको निर्णय गरिएको छ, यसमा मैले विरोध र आक्रमणका दुबै सहेँ ।’ रुकुमलाई विभाजन नगरेर विस्तार गरिएको दावी गर्दै मन्त्री शर्माले थप प्रतिनिधी आउने हुनाले रुकुम र रुकुमेली जतनालाई अझै न्याय हुने बताए ।

विद्यार्थी निर्वाचनमा कतै लागिन

मन्त्री शर्माले भर्खरै सम्पन्न अखिल क्रान्तिकारीको केन्द्रिय निर्वाचनमा पार्टीको नितीअनुसार नै कसैको पक्षमा नलागेको बताए । ‘जिल्लाको नेतृत्व आउने संभावनाका विरुद्ध केही साथिहरु लागे, शिर काटेर खुट्टामात्र चलाउनुको केही अर्थ हुँदैन’ उनले भने, ‘यो कुरा साथिहरुलाई भोली महसुस होला, चुनावमा हारजित स्वभाविक हो ।’

**यो पनि पढ्नुहोस** : अमेरिकी रास्ट्रपति ट्रम्पले उतर कोरियालाइ ध्वस्त गर्दिनी धम्की दिए ! के अब विश्सो युद्ध सुरु होला त ? पढ्नुहोस् पुरा l

गलत प्रवृत्तिको अन्त्य र सत्यको जित स्वभाविक रहेको उल्लेख गर्दै मन्त्री शर्माले रुकुमेली जनताको लागी ब्यक्तिगत रुपमा केही गर्न नसकेपनी शिर उँचो राखेको बताए । ‘उज्यालो रुकुमको सपना कार्यान्वयन गरेर सिंगो देश उज्याले बनाउँदा तपाईहरुको शिरु ठाडो भएको छ,’ उनले भने, ‘अहिले पनी विकृती विसंगति, अनियमितता भ्रष्टाचार रोक्ने प्रयत्नमा छु, रुकुमबासीको शिर निहुरिन दिन्न, सँधै उचो बनाउने छु ।’

रातोपाटिको सहयोगमा

SHARE

Author: verified_user

0 comments: