
दुनियाँकै मोटी महिलाको मृत्यु
विश्वमा सबैभन्दा बढी तौल भएकी महिलाको मृत्यु भएको छ । ५ सय किलो वजन भएकी एमान अहमद नामकी महिलाको अबुधाबीस्थित बुर्जिल अस्पतालमा सोमबार बिहान ४ बजे निधन भएको हो ।
मुटुरोग तथा मृगौलाको संक्रमणका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
**यो पनि पढ्नुहोस** भाइरल भएको यो फोटोका कारण यो जोडीलाई १० वर्ष जेल, यस्तो छ कारण
२० जना डाक्टरहरुको समूहले उनको उपचार गरिरहेका थिए । इजिप्टकी नागरिक एमान आफ्नो तौल घटाउने शल्यक्रिया गराउन भन्दै केही महिनाअघि भारत समेत आएकी थिइन् । उनको मुम्बइस्थित सेफी अस्पतालमा शल्यक्रिया समेत भएको थियो ।
भारतीय डाक्टरहरुले उनको शल्यक्रिया सफल भएको र ५ सय किलोको वजन घटेर अढाइ सय किलो भएको दाबी गरेका थिए । तर एमानकी बहिनीले भने भारतीय डाक्टरहरुले झुटो बोलेको आरोप लगाएकी थिइन् ।
**यो पनि पढ्नुहोस** के तपाइको हातमा चक्र र शंख छ ? कुन औला मा हुदा कस्तो फल दिन्छ थाहापाउनुहोस् आफ्नो भाग्य ?
भारतपछि उनलाई युएइको अबुधाबीमा लगिएको थियो ।
एजेन्सी
0 comments: