
कोरियामा नेपाली कामदार: ४ दिनमा ३ जनाले ज्यान गुमाए
रोजगारीको लागि दक्षिण कोरिया आएका ३ जना नेपालीको शृंखलाबद्व रुपमा मृत्यु भएको छ। गत शनिबार कोरियाको खान्ग्वन्दो स्थित एक बुन्गुर फारममा कार्यरत गुल्मीका ऋषिराम भण्डारी आफ्नै कम्पनिको आवास कोठामा सुतिरहेको अबस्थामा मृत भेटिएका छन्।
शुक्रवार राम्रै अबस्थामा सुतेका भण्डारी अर्को दीन बिहान अबेर सम्म नउठेपछि संगैका साथीले उठाउने कोशिस गरेका थिए । तर उनको शरीर चिसो भैसकेको पाएपछि कम्पनि साहुलाई खबर गरेको मृतकका सहकर्मीलाई उदृत गर्दै सोल स्थित नेपाली दुतावासका द्वितीय सचिब उद्वब न्यौपानेले सेतोपाटिलाइ बताए।
उक्त फारममा अन्य एकजना नेपाली कामदार कार्यरत छन्। कोरिया कार्यकालको एउटा अबधि समाप्ति पछी पुन कोरिया आएका ४७ बर्षिय मृतक भण्डारी करिब ८ बर्ष दखि कोरियामा कार्यरत थिए।
**यो पनि पढ्नुहोस** एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कार
सम्पूर्ण प्रक्रिया पुरा भैसकेकोले उनको शबलाइ केहि दीनमै नेपाल पठाउने तयारीमा रहेको दुतावास श्रोतले जनाएको छ। त्यस्तै गत सोमबार, करिब ४ महिना अघि कोरिया आएका गुल्मी स्थायी घर भई बुटवलको नयाँगाउ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट मंगलबार औद्योगिक दुर्घटनामा अर्का नेपालीको मृत्यु भएको छ।
कोरियाको इन्छनको स्थित एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम केसीको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको दुतवासले जनाएको छ। कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश मेसिन चलाएपछि उक्त दुर्घटना हुन पुगेको बताइएको छ।
**यो पनि पढ्नुहोस** छोरीकै लागि ७ वर्षदेखि चाउचाउ मात्र खाइरहेका छन् यी व्यक्ति, कारण यस्तो छ
**यो पनि पढ्नुहोस** हामी परदेशीको दशैं कि पात्रोमा कि सामाजिक संजालमा !
रोजगारी अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम बढेसँगै आत्महत्या, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भइरहेको छ। अन्य भन्दा आत्महत्या र सुतेको अवस्थामा ज्यान गुमाउनेको संख्या विकराल बनिरहेको छ। सन् २०१७ यता आत्महत्या गर्ने नेपालीको संख्या आठ पुगिसकेको छ भने सुतेको अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै रहको छl
0 comments: