आमाले गरिन् एक वर्षीय छोरोको हत्या

SHARE

आमाले गरिन् एक वर्षीय छोरोको हत्या

५ असोज, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले आफ्नै छोरालाई विष खुवाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।

अत्यधिक मादक पदार्थ सेवन गरेकी मीनाले मंगलबार बिहान आफ्नै छोरालाई विष खुवाई कोक्रामा छोडेर कसैलाई खबर नगरी घटना लुकाउन घाँस काट्ने निहुँमा जंगल गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

ढुंगानाको अनुसार घटनापश्चात् मृतकको हजुरबुबाले बालकको उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । बालकको शव परीक्षण मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो ।

घटना लुुकाउन अभियुक्तले ढाकछोप गरेपछि इप्रका मेलम्चीले संघीय प्रहरी एकाइ कार्यालय बाग्मतीसँग समन्वय गरी पोलीग्राफ परीक्षणसमेत गरेको थियो । परीक्षण र प्रहरीको अनुसन्धानपछि अभियुक्त तामाङले विष खुवाएको स्वीकार गरेकी हुन् ।

-----यी मुख्य ५ खबरहरु पढ्न बिर्सिनु भयो कि ?-----

-चीनले तातोपानी नाका सधैंका लागि बन्द गर्ने प्रस्ताव राख्दा खुसि भयो भारत

-यी हुन् ग्यास्ट्रिक च्वाट पार्ने ६ घरेलु उपाय

-धरहरा निर्माणबाट पन्छियो टेलिकम

-कपिलवस्तुमा हत्या गरेर फरार भारतीय अभियुक्त पक्राउ

-काँक्रो खाँदा फाइदै–फाइदा

अनलाइन खबरको सहयोगमा

SHARE

Author: verified_user

0 comments: