कहिले सम्म पर्ला पानी,मौसमविद्ले गरे यस्तो भविष्यवाणी

SHARE

कहिले सम्म पर्ला पानी,मौसमविद्ले गरे यस्तो भविष्यवाणी

काठमाडौं,असोज ५ – दुई दिन यता मनसुन सक्रिय भएर देशैभर वर्षा भैरहेको छ । बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । मनसुन रहिरहेकाले देशैभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्यतया असोज पहिलो साता (२३ सेप्टेम्बर) सम्म मात्र रहने मनसुन केही वर्ष यता लम्बिदै आएको छ । यो वर्ष पनि केही दिन मनसुन लम्बिने संकेत देखिएको मौसमविद्ले बताएका छन् ।

न्यूनचापीय क्षेत्र बंगालको खाडीबाट नेपालको पूर्वी मध्य भेग हुँदै अहिले पश्चिममा पुगेको र मनसुनी गतिविधि पनि सक्रिय रहेकाले बदली र वर्षात् भएको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार दुई दिनअघिदेखि नै देखापरेको यो प्रणाली बुधबारदेखि बढी सक्रिय भएको छ । आज राति पश्चिमका धेरै स्थान तथा पूर्व र मध्यका केही स्थानमा वर्षात् हुनेछ । आज पनि बदलीसँगै वर्षात् हुनेछ । विशेषगरी पश्चिमी क्षेत्रमा बढी प्रभाव पर्ने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी लुम्लेमा ४७, दिपायलमा ४५, वीरेन्द्रनगरमा ३९, भैरहवामा ३१, धनगढीमा २५, दाङमा २१, जुम्लामा २०, पोखरामा २१, सिमरामा २३, जनकपुरमा २५, धरानमा ३० र विराटनगरमा १२ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँमा छ मिलिमिटर वर्षात् भएको छ भने न्यूनतम १९ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

-----यी मुख्य ५ खबरहरु पढ्न बिर्सिनु भयो कि ?-----

-चीनले तातोपानी नाका सधैंका लागि बन्द गर्ने प्रस्ताव राख्दा खुसि भयो भारत

-यी हुन् ग्यास्ट्रिक च्वाट पार्ने ६ घरेलु उपाय

-धरहरा निर्माणबाट पन्छियो टेलिकम

-कपिलवस्तुमा हत्या गरेर फरार भारतीय अभियुक्त पक्राउ

-काँक्रो खाँदा फाइदै–फाइदा

SHARE

Author: verified_user

0 comments: