कपिलवस्तुमा हत्या गरेर फरार भारतीय अभियुक्त पक्राउ

SHARE

कपिलवस्तुमा हत्या गरेर फरार भारतीय अभियुक्त पक्राउ

४ असोज, कपिलवस्तु । कपिलवस्तु जिल्लामा गोली हानी हत्या गरेर फरार भएका भारतीय एक अभियुक्तलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बढनीका २५ वर्षीय अल्ताफ हुसेन उर्फ पिन्टु रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी नायव उपरीक्षक (डिएसपी) एवं प्रवक्ता प्रहृलाद अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

पक्राउ परेका हुसेनले ३ वर्ष अघि जिल्लाको कृष्णनगर नगरपालिका २ कृष्णनगरका कौशल अलीलाई गोली हानी हत्या गरी फरार भएका थिए ।

फरार रहेका हुसेनलाई मंगलबार राति मृतकका भाइलगायत स्थानीयले बजारमा देखेर पक्राउ गरेर प्रहरीलाई बुझाउने ल्याउने क्रममा हुसेन पुनः फरार भएपछि प्रहरीले तत्काल हुसेनलाई पक्राउ गरेको डिएसपी अधिकारीले बताए ।

पक्राउ गर्ने क्रममा स्थानीयले हातपात गर्दा हुसेनलाई सामान्य चोटपटक लागेको र शिवराज अस्पताल बहादुरगञ्जमा उपचार गराएर उनलाई थुनामा राखिएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार घटनाको मिसिल तयार गरेर उनलाई जिल्ला अदालत कपिलवस्तुमा पेस गर्ने तयारी भइरहेको छ ।

-----यी मुख्य ५ खबरहरु पढ्न बिर्सिनु भयो कि ?-----

**यो पनि पढ्नुहोस** : यस्ता खानेकुराहरु पुरुषले खानुहुँदैन

**यो पनि पढ्नुहोस** : अमेरिकी रास्ट्रपति ट्रम्पले उतर कोरियालाइ ध्वस्त गर्दिनी धम्की दिए ! के अब विश्सो युद्ध सुरु होला त ? पढ्नुहोस् पुरा l

**यो पनि पढ्नुहोस** : यसकारण पृथ्वीमा छिट्टै संकट आउनेछ, हेर्नुस् यी तस्विरहरु

**यो पनि पढ्नुहोस** : यी पाँच देशमध्ये कुन देशले जित्ला तेस्रो विश्वयुद्ध ? यस्ता छन् सम्भावना

**यो पनि पढ्नुहोस** : काँक्रो खाँदा फाइदै–फाइदा

अनलाइन खबरको सहयोगमा

SHARE

Author: verified_user

0 comments: