रत्ननगर नगरपालिकाका इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला !

SHARE

रत्ननगर नगरपालिकाका इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला !

१, असोज, चितवन । नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्ऽ ढुङगानालाई मोबिल (कालोमोसो) खन्याएर दुव्र्यवहार गरेका छन् ।

नगरपालिकामा आफ्नो कार्यकक्षमा रहेका ढुङ्गानामाथि आइतबार विप्लवका कार्यकर्ताले मोबिल खन्याएका हुन् ।

मोबिल खन्याएपछि आक्रमणकारीले ढुङ्गानाको घाँटीमा जुत्ताको माला समेत लगाइदिएका थिए । चार जनाको संख्यामा आएका उनीहरु तत्कालै भागेका थिए ।

**यो पनि पढ्नुहोस** : निधार बाट पनी थाहा हुन्छ व्यक्तित्व , जान्नुहोस् तपाई कस्तो ?

इञ्जिनियर ढुङगानाले भ्रष्टाचार गरेकाले कार्वाही गरिएको कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख छ । उनीमाथि परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीवाट कमिसन लिने गरेको लगायतका आरोप लगाइएको छ ।

घटना संलग्न नेकपाका कार्यकर्ताको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयमा रहेको सीसीटीभी हेरेर घटनामा संलग्नको पहिचान गरिने प्रहरीले वताएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख वासुदेव खतिवडाले घटनामा संलग्नहरुको खोजी भए पनि अहिलेसम्म कोही पक्राउ नपरेको जानकारी दिए ।

**यो पनि पढ्नुहोस** : फोल्ड गर्न मिल्ने फोन आगामी वर्ष बजारमा आउने

इञ्जिनियर ढुङगानाले भने केही दिनअघि विप्लवका कार्यकर्ताले चन्दा मागेको र चन्दा नदिएपछि यस्तो हर्कत गरेको दाबी गरेका छन् ।

ढुङ्गाना माओवादीकी नेतृ पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीका ज्वाइँ हुन् । उनलाई तीजका बेलामा नगरपालिककाको सवारी ससुराली लगेको भनेर केही वर्षअघि जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण समेत मागेको थियो ।

SHARE

Author: verified_user

0 comments: