
रुपन्देहीमा भारतीय गाडीलाई ओभरलोड छुट, नेपालीलाई कडाई
३० भदौ, भैरहवा । भैरहवा (बेलहिया) नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई रुपन्देही प्रहरीले छुट दिदाँ ट्रक व्यवसायीहरु मर्कामा परेको बताएका छन् ।
मुलुक भित्र ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाई गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड छुट दिएको कारण कानुन सबैकोलाई समान हुनुपर्ने भन्दै ओभरलोड नियन्त्रण गर्न व्यवसायीहरुले माग समेत गरेका छन् ।
**यो पनि पढ्नुहोस** : फिफा बरियतामा नेपाल ६ स्थान तल झर्यो, भुटानले पनि पछि छोड्यो
भार मिलान सम्बन्धी कार्यविधी २०७१ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । तर, हालै मात्र रुपन्देही जिल्लाको कार्यभार समाहालेका एसपी श्यामलाल ज्ञवालीले भारतीय गाडीको ओभरलोडलाई छुट दिदाँ नेपाली व्यवसायीहरुलाई मर्कामा परेका छन् ।
यसरी भारतीय गाडीलाई ओभरलोडमा छुट दिएर प्रहरीले उद्योगीहरुसगँ राम्रो रकम असुल गर्ने गरेको प्रहरी माथि आरोप छ ।
यसअघि औद्योगिक कच्चा पदार्थ बाहेकका समान ओभरलोड भएमा पल्टी गराउने र औद्योगिक कच्चा पदार्थ बाहेकका गाडीलाई ट्राफिक प्रहरीले कार्यवाही स्वरुप जरीवाना लिदै आएको थियो । तर, जतिसुकै ओभरलोड भएपनि भारतीय गाडीको ओभलोडलाई छुट दिइएको छ ।
**यो पनि पढ्नुहोस** : सावधान यी पाँच चीजले तपाईँको ज्यानै लिन सक्छन् ! सबैले एकचोटी पढ्नै पर्ने
ठूला सवारीसाधनको अधिकांश ओभरलोडका कारण दुर्घटना हुने गर्दछ । यसरी प्रहरीले ओरभलोडलाई छुट दिदाँ कुनै दर्घटनामा मानविय क्षतिमा भएमा त्यसमा जिम्मेवारी प्रहरीले लिने कि नलिने भन्ने गम्भीर प्रश्न उब्जिएको सरोकारवालाहरु बताउँछन् ।
संसदको सार्वजनिक लेखा समितिले भैरहवामा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा समेत ओभरलोडका कारण निर्माणधिन बेलहिया-बुटवल व्यापारिक मार्ग निमार्ण सम्पन्न नहुदै भत्किएको गुनासो आएको थियो ।
यता बेलहिया बुटवल व्यापारीक मार्ग विस्तार आयोजनाले पनि ओभरलोडका कारण सडक भत्किएको प्रमाण सहित भैरहवा भन्सार, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई पटक पटक पत्राचार गर्दै नियन्त्रण गरीदिन आग्रह गर्दै आएको थियो । तर, यस्ता पत्रचार गरिएका पत्रलाई प्रहरीले डस्टबिनमा फालेर ओभरलोडलाई पुरा छुट दिएको छ ।

नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबहाक यस्ता सवारी साधनले आफ्नो क्षमता दोब्बर भार बोक्ने गरेका छन् ।
**यो पनि पढ्नुहोस** : उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो
यसरी भारतीय गाडीलाई ओभरलोड छुट दिदा नेपालमा दुर्घटना बढेको, दुर्घटना गराएर भारतीय ट्रक चालकहरु भाग्ने गरेको तथा सडक, पुलपुलेसाहरु भत्किने समस्या बढ्दै गएपछि ट्रक व्यवसायीहरुले ओभरलोडको दोहोर मापदण्ड हटाउदै नियन्त्रण गर्न माग गरेका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनी ट्रक यातायात व्यवसायी संघले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनालीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै ओभरलोड नियन्त्रण सम्बन्धी प्रचलित कानुन र विगतमा भएका निर्णयहरु कार्यान्वयन गराउन आग्रह गरेका छन् ।
**यो पनि पढ्नुहोस** : बैदेशिक रोजगारका लागि कुन देश जान कति खर्च लाग्छ ? बढी लिए यसो गर्नुस् !!
कानुन र निर्णयको कार्यान्यव हुनुपर्छ भन्ने हाम्रो माग हो लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद खरेलले भने राज्यको नियम सबैलाई समान रुपमा लागु हुनु पर्दछ ।
तर रुपन्देहीको भैरहवा नाकामा नियम कार्यान्वयन हुन सकेको छैन् । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले भन्सारबाट पल्टी गराउनु पर्ने सामान समेत भारतिय गाडीबाट सिधै ढुवानी हुने गरेको भन्दै भार मिलान कार्यविधीको कार्यान्वयन नभए थप संघर्षका कार्यक्रम गरीने चेतावनी दिए ।
**यो पनि पढ्नुहोस** : भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीको व्यवस्थापन फेरिने
ज्ञापन पत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधीकारी मैनालीले प्रचलित कानुन र नियमको परिधिमा रहेर काम गर्ने बताए ।
Source: OnlineKhabar.com
0 comments: