दशैंका सामान बोकेका १५ सय कन्टेनर दुई महिनादेखि नाकामै, व्यवसायी मारमा
काठमाडौं,भदौं १८ – दशैलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सार नाकामै रोकिएका छन् । भन्सारपास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् । दशैंलाई ल्याएका सामान दशैं नजिकिँदासमेत नछुट्दा व्यवसायी मारमा परेका छन् ।
सामान बोकेर आएका १ हजार ५ सय कन्टेनर सामान रोकिएको व्यवसायीले जानकारी दिएकमा छन् । जुरे पहिरो र भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनबाट सामान आयात गर्ने एकमात्र नाका केरुङबाट समयमै सामान नछुट्दा व्यवसायीलाई मार परेको आजको कारोबार दैनिकले लेखेको छ । भन्सार मूल्यांकन नहुँदा १० अर्ब रुपैयाँभन्दा बढीको सामान नाकामै रोकिएको व्यवसायीले बताएका छन् ।
0 comments: