यस्तो छ विश्वकै सबै भन्दा ठूलो बाइक, देख्दा आचम्म पर्नु हुन्छ (हेर्नुहोस् तस्बिरहरू)

SHARE

यस्तो छ विश्वकै सबै भन्दा ठूलो बाइक, देख्दा आचम्म पर्नु हुन्छ (हेर्नुहोस् तस्बिरहरू)

अटोमोबाइल दुनियाँमा विभिन्न किसिमका बाइकहरु बनेका छन्। कुनै न कुनै खास विशेषताले भरिएका यस्ता बाइककको चर्चा धेरै नै हुन्छ।

यस्तै चर्चामा आएको बाइक हो ‘रेगिओ एक्सएक्सएल’।

यो चर्चामा आउनुको कारण यसको आकार हो। यो विश्वकै सबैभन्दा ठूलो बाइक मानिन्छ जो गिनिज बुक अफ रेकर्डस्मा दर्ता भएको छ।

‘रेगिओ एक्सएक्सएल’ फ्याबियो रेगिआनी कम्पनीले बनाएको हो। यसको कुल लम्बाइ १६ फिट छ भने उचाइ ३२ फिट। यसमा ५००० सिसिको ५.७ भी ८ शेब्रोले २८० हर्सपावरको इन्जिन छ।

रोचक कुरा के छ भन्दा विश्वकै ठूलो बाइक दुई चक्काका भरमा भने अडिदैंन। यसलाई अड्याउन तेस्रो चक्का पनि लगाइएको छ।

यसलाई करिब ७ महिना लगाएर बनाइएको कम्पनीले जानकारी दिएको छ।

Source: Ratopati.com
SHARE

Author: verified_user