तपाईको आजको राशिफल : वि.सं. २०७४ साल भदौ ३ गते शनिबार

SHARE

तपाईको आजको राशिफल : वि.सं. २०७४ साल भदौ ३ गते शनिबार

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल भादौ ३ गते शनिबार नेपाल सम्बत ११३७ गुँलागा, सन् २०१७ अगस्त १९ तारिक कृष्ण पक्ष द्वादशी तिथि विहान ५ वजेर ५७ मिनेटसम्म उप्रान्त त्रयोदशी, पुनर्वसु नक्षत्र साँझ ७ वजेर ७ मिनेटसम्म उप्रान्त तिष्य नक्षत्र, सिद्धियोग,तैतिलकरण,आनन्दादियोग छत्र, सूर्य सिंह राशीमा,चन्द्रमा अपरान्ह १ वजेर २९ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा । सूर्योदयबाट विहान ७÷१४ वजेसम्म काल वेला,७÷१४ वजे देखि ८÷५२ वजेसम्म शुभ वेला,८÷५२ देखि १०÷३० वजेसम्म रोग वेला,१०÷३० देखि १२÷६ वजेसम्म उद्वेग वेला,१२÷६ देखि १÷४४ वजेसम्म चर वेला,१÷४४ देखि ३÷२२ वजेसम्म लाभ वेला,३÷२२ देखि ४ वजेर ५९ मिनेटसम्म अमृत वेला र ४ वजेर ५९ मिनेट देखि सूर्यास्त सम्म काल वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः gurupatrakar@gmail.com

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पूर्वान्ह अनुकुल अपरान्ह प्रतिकुल हुनसक्छ । समयमा कार्य सम्पादन गर्न नसके पछि पश्चताप गर्नु पर्नेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । आफन्तबाट विश्वास घात हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

समयको गति सगै काममा सुधार आउनेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । साझेदारी काममा हात नहाल्नु होला । अरुको भरमा काम नगर्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पूर्वान्ह थोरै अनुकुल भए पनि समग्रमा दिन प्रतिकुल रहेकोछ । आर्थिक कारोवारमा अत्यन्त संवेदनशील हुनुहोला । विलम्ब गरेमा घाटा हुनेछ । आफन्त बनेर धोका दिन सक्छन् । स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मध्यान्ह सम्म समय बढि प्रतिकुल हुनसक्छ भने अपरान्हबाट थोरै अनुकुल हुनेछ । काम काजमा सामान्य प्रगति हुनेछ । घर डेराको समस्या पर्न सक्छ । भ्रममा नपरि अगाडि बढ्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

पूर्वाद्ध अनुकुल भए पनि उत्तराद्र्ध प्रतिकुल हुनेछ । कुनै काम गर्नु छ भने समयमा नै गर्नु उचित हुनेछ । शरीरिक पीडा सहनु पर्ला । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । जोखिमपूर्ण काममा हात नहाल्नु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

गन्तव्यमा पुग्न कसरत गर्नु होला । सामान्यतया ग्रह,गोचर अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । इष्टमित्र साथी भाई बाट सहयोग पाईनेछ । वैदेशिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अपरान्हबाट समयले साथ दिनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । विरोधी परास्त हुनेछन् । आय बढ्ने तथा कामले गति लिनेछ । पढाई लेखाई तिर त्यति ध्यान जाने छैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

दामपत्य जीवनमा सामान्य समस्या आउन सक्छ । भाग्यले कम साथ दिनेछ । सकरात्मक भन्दा नकरात्मक कुराले बढि प्राथमिकता पाउनेछ । अरुको भर नपर्नु होला,जोखिम नमोल्नु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

प्रातकाल थोरै अनुकुल दखिन्छ भने मध्यान्ह पछि समयले कम साथ दिनेछ । समयमा लगनशिल भई गरेका काम सफल हुनेछन्,लाभ हुनेछ । तर अपरान्हबाट खर्च वृद्धि तथा स्वास्थ्य कमजोर हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

प्रयत्न सफल हुनेछन् । दैनिक काम काजमा सामान्य परिवर्तन हुनसक्छ । परिवारमा विवाद बढ्न सक्छ । सामान्य आम्दानी हुनेछ । प्रयास गरेमा नयाँ काम हात लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पठन पाठनमा अवरोध आउन सक्छ । काम सहज रुप हुने छैनन । गरेका कामबाट सामान्य लाभ हात लाग्नेछ । पारिवारिक समस्याबाट टाढा बस्न पाइने छैन । ऋणमा काम हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

समस्या मुक्ति मिल्ने छैन । काम गर्दा विवाद सृजना हुनसक्छ । भावनामा वगेर काम नगर्नु होला घाट हुनेछ । पढाई लेखाईमा ध्यान जाने छैन । संचित धनको नास हुन सक्छ । आलोचना बढ्नेछ ।

SHARE

Author: verified_user