आमाको खोजीको लागि छोराहरुद्धारा सहयोगको याचना ! शेयर गरि खोज्न मद्दत गरौ
काठमाडौँ । एघार दिनदेखि हराएकी तनहु व्यास ८ की जमुना ओझाको खोजीमा सहयोग गरिदिन उनका छोराहरुले आग्रह गरेका छन् ।
जमुनाका छोराहरु सुजन ओझा,सुदिप ओझा र देवर रमेश ओझाले आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी आमाको खोजीका लागि आग्रह गरेका हुन ।
साउन २४ गते दमौलीबाट हराएकी जमुनाको मोवाईलको टावर काठमाडौं आसपासमा देखाएको जमुनाका देवर रमेश ओझाले बताए । अहिले भने जमुनाको मोवाइल अफ रहेको छ ।
उनी कहीँ कतै भेटिएमा नजिकको प्रहरी चौकी अथवा ९८५५०८२५५० मा टेलिफोन गर्न उनको परिवारले आग्रह गरेको छ । डीसी नेपालबाट