कोटेश्वरको पुल मुनि ७ महिनाकी वेवारिसे बालिका !

SHARE

अख्तियार लगाएर कुलमान हटाउने खेल, अब लोडसेडिङ बढ्ने !

राजधानी काठमाडौंको कोटेश्वर पुल मुनि ७ महिनाकी वेवारिसे वालिका भेटिएकी छन् । कोटेश्वरमा साग बेच्ने महिलाले वेवारिसे वालिका बारे प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरीले बालिकालाई कोटेश्वरबाट उद्धार गरेर बालबालिका खोजतलास समन्वय केन्द्रमा जिम्मा लगाएको छ । खोजतलास समन्वय केन्द्रका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बालिकालाई नियतवस सडकमा छोडिएको हुन सक्ने बताए ।

उनले अहिलेसम्म बालिका खोज्न कोही पनि नआएको समेत बताए । प्रहरीले केही घण्टा अघिनै उनलाई कोटेश्वरबाट लगेको थियो । बालिका अहिले प्रहरीको संरक्षणमा रहेकी छन् ।

SHARE

Author: verified_user