सरकारको लापरबाहीको कारणले बबईको पुल भाचियो !
काठमाडौं । बर्दियाको जग्दिघाटस्थित बबई नदीमा निर्माण गरिएको पुल निर्माण कम्पनीको लापरबाहीको कारण नभई सरकारी लापरबाहीका कारण भाँचिएको पुल निर्माण कम्पनी तथा निर्माण व्यवसायी महासङ्घले दाबी गरेको छ ।
साउन २९ गते आएको बाढीले उक्त पुल भाँचिएपछि निर्माण कम्पनी पप्पु कन्ष्ट्रक्शनको लापरबाहीका कारण पुल भाँचिएको भनी बाहिर आएका कुरामा सत्यता नभएको महासङ्घ र निर्माण कम्पनी दुवैको दाबी छ । महासङ्घले बुधवार पत्रकार सम्मेलन गरी पुल भाँचिनुमा निर्माण कम्पनी पप्पु कन्ष्ट्रक्शनको कुनै दोष नरहेको दाबी गरेको हो ।
पत्रकार सम्मेलनमा पप्पु कन्ष्ट्रक्शनका प्रोप्राइटर हरिनारायण रौनियारले डिभिजन सडक कार्यालय नेपालगञ्जबाट दिइएको डिजाइनअनुसार नै पुलको निर्माण सम्पन्न गरिएको बताए । पुल निर्माणका क्रममा पाइलको सट्टा वेल फाउण्डेशन गर्नुपर्ने रायसहित सडक कार्यालयमा पेश गरेकोमा डिभिजनबाट निर्माण व्यवसायीले पेश गरेको डिजाइनलाई नमानी पूर्वडिजाइनअनुसार नै काम गर्न आदेश भएअनुसार निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।
उनले कार्यालयबाट गराइएको ‘हाइड्रोलोजी डाटा’ रिपोर्ट पनि गलत रहेको रौनियारको भनाइ थियो । व्यवसायीले दिएको रिपोर्टअनुरूप काम भएको भए त्यो क्षति नहुने उनको धारणा थियो । साथै, ‘स्याण्ड डिपोजिशन भई फ्रि बण्ड’ नभएका कारण पानी बहावमा अवरोध सृजना भएको व्यहोरा सो पुल निर्माण गर्ने व्यवसायीबाट सम्बन्धित डिभिजन सडक कार्यालयलाई समयमै जानकारी गराउँदा पनि त्यसको निराकरणतर्फ कार्यालयले कुनै पहल नगरेको जानकारी दिइयो ।
अस्पतालमा उपचार गराइरहेकी इचेभर्रियाले भनिन्, ‘कम्पनीको बेबी पाउडर मैले सन् १९५० को दशकदेखि २०१६ सम्म प्रयोग गरेकी हुँ । सन् २००७ मा डिम्बाशयको क्यान्सर पत्ता लागेपछि अदालत गुहार्न पुगेकी हुँ ।’ उनले आफ्नो उजुरीमा लेखेकी छन्, ‘टेलकम पाउडर असामान्य रूपमा खतरनाक र दोषपूर्ण प्रकृतिको भएकै कारण डिम्बाशयको क्यान्सर भएको हो ।’
सो पुलको निर्माण कार्य मिति २०७३ असार २१ मा सम्पन्न भई सञ्चालनमा आएको तर हालसम्म बिल भुक्तानीसमेत नभएको र मर्मतसम्भारको अवधि सकिएको रौनियारले बताए ।
पत्रकार सम्मेलनमा महासङ्घका कार्यवाहक अध्यक्ष विष्णुभाइ श्रेष्ठ, निवर्तमान अध्यक्ष जयराम लामिछाने, उपाध्यक्षद्वय रुद्रप्रसाद शर्मा, तेजकुमार कुरुम्बाङ र निर्माणविज्ञ प्राडा दीपक भट्टराईले निर्माण कार्यमा समस्या देखिने बित्तिकै निर्माण व्यवसायीमाथि औंला उठाउने प्रवृत्ति गलत भएको विचार व्यक्त गरे । इञ्जिनीयरिङ अध्ययनका आधारमा दिएको रिपोर्टलाई समेत नमानी पुल बनाउन लगाउँदा यस्ता घटना हुने भन्दै सरकार नै यस विषयमा गम्भीर बन्न व्यवसायीले आग्रह गरे । अभीयानको सहयोगमा ।