नयाँ डिजाइनमा आए ५ का नोट, के छ फरक ?

SHARE

नयाँ डिजाइनमा आए ५ का नोट, के छ फरक ?

नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनमा ५ का नोटहरु चलनचल्तीमा ल्याएको छ। पहिलेको नोटको तुलनामा यसमा केही फरकपन छ।

पहिलेको नोटमा तलेजु भवानीको मन्दिर रहेकोमा अहिलेकोमा भूकम्पअघिको काष्टमण्डप मन्दिरको तस्वीर छ।

त्यस्तै पहिलेको नोटमा दुई वटा याक रहेकोमा अहिलेकोमा एउटा ठूलो याक मात्रै छ। गभर्नर चिरञ्जिवी नेपालको हस्ताक्षरमा ५ का नयाँ नोट चलनचल्तीमा आएको राष्ट्र बैंकले जनाएको छ।

Source: Setopati.com
SHARE

Author: verified_user