अमेरिकाको टेक्सासमा आँधीको त्रास

SHARE

अमेरिकाको टेक्सासमा आँधीको त्रास

अमेरिकाको दक्षिणमा अवस्थित राज्य टेक्सासमा भारी हावा हुरी र वर्षा सहितको ‘हुरिकन हार्बी’ नामक ऑधीवेरीले सामुन्द्रिक सहरमा वसोवास गर्ने वासिन्दाहरू त्रसित भएका छन।

गल्फ अफ मेक्सिको हुदै अमेरिका प्रवेश गर्ने तेश्रो वर्ग वा त्यो भन्दा ठूलो हुन सक्ने ठानिएको ‘हुरिकन हार्बी’ले सामुन्द्रिक तट कर्पस क्रिस्टि हुंदै टेक्सास राज्यको हुस्टन सम्म प्रभाव पार्ने राष्ट्रीय जलवायु सेवाले जनाएको छ।

हुस्टन अनेरिकाको चौथो ठूलो सहर हो। विशाल ऑधी र भारी बर्षाका कारण पहिरोले ठूलो प्रभाव पार्न सक्ने भएकाले कर्पस क्रिस्टिका बासिन्दाहरूको सुरक्षाका लागी त्यस नगरका मेयरले उक्त स्थान खाली गर्न आग्रह गरेका छन। तर, हुस्टनका लागी भने उक्त आग्रह गरिएको छैन।

राष्ट्रीय जलवायु सेवाका अनुसार, शुक्रवार देखि शुरू हुने भनिएको उक्त हुरी प्रति घन्टा एक सय पचीस माईलको गतिमा हुनेछ भने पैंतिस ईन्च सम्म पानी जम्ने अनुमान गरिएको छ जसका कारण जमिन धस्ने तथा पहिरो जान सक्ने सम्भावना रहेको जनाएको छ।

त्यस्तै, टेक्सास राज्यका गभर्नरले हुरिकन हार्बीवाट प्रभावित हुन सक्ने तेत्तिस काउन्टिहरूमा संकटकालीन अवस्थाको घोषणा गरेका छन। हाईवेहरूमा कर्पस क्रिस्टिवाट सुरक्षित स्थान तर्फ लागेका स्थानीय वासिन्दाहरूको भिडभाड देखिन्छ भने ग्रसरी स्टोरहरूमा रासनपानी संचित गर्नेहरूको त्यत्तिकै घुईचो वढेको छ।

Source: OnlineKhabar
SHARE

Author: verified_user