हुलासले ल्यायो विद्युतीय कार, खुल्यो सोरुम, मूल्य कति ?

SHARE

हुलासले ल्यायो विद्युतीय कार, खुल्यो सोरुम, मूल्य कति ?

विराटनगर,भदौं १२ –  नेपालमा नै गाडी उत्पादन गर्दै आएको हुलास मोटर्सले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । विराटनगर–५ धरान रोडस्थित मुनालपथमा रहेको सोरुमको उद्घाटन उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्याय भट्टराईले गरे ।

सोरुममा ११ लाख मूल्यको विद्युतीय कार राखिएको छ । विद्युतमार्फत आठ घण्टामा पूरा चार्ज हुने यो कारलाई प्रति घण्टा ६५ किलोमिटरको गतिमा गुडाउन सकिन्छ ।

सवारी साधनमा सरकारले लागू गरेको ‘युरो थ्री’ को मापदण्ड पूरा गर्न समय पर्याप्त नभएको भन्दै कम्पनीले उत्पादन गर्दै आएका मोटर ‘मुस्ताङ म्याक्स’ र ‘मुस्ताङ भि टु’ को उत्पादन भने पूर्णरूपमा बन्द भएको घोषणा गरेको थियो ।

SHARE

Author: verified_user