आजको राशिफल – मिति २०७४ साल भदौ ४ गते चतुर्दशी तिथि आइतबार

SHARE

आजको राशिफल – मिति २०७४ साल भदौ ४ गते चतुर्दशी तिथि आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा फाइदा उठाउन सफल भइनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

बलजफ्ती गर्ने बानीले व्यर्थैमा समस्या उत्पन्न हुनेछ। चिताएका काममा ढिलासुस्ती हुन सक्छ। अल्छीपनाले पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बोली व्यहारमा संयम रहँदै नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

समयमा सजग नहुँदा महत्वाकांक्षी योजना बिग्रन सक्छ। व्यवहारमा केही चुनौतीहरू देखा पर्नेछन् भने अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुने काममा जग बसाउने अवसर प्राप्त हुने देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्गे धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम बन्नेछ भने आयस्रोत समेत बढ्ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्दा उपलब्धि सोचेजस्तो नहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउनेछन्। स्वास्थ्यमा पनि कमजोरी अनुभव हुनेछ। सहयोगीहरू पछि हट्न सक्छन्। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिने सम्भावना रहेकाले सजग रहनुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै नै ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा काममा अवरोध आउन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्ने हुँदा सजग रहनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मनोरञ्जन खर्च बढाउन सक्छ। लोकाचारका लागि फजुल खर्च हुन सक्छ। समस्या पर्दा आफन्तको साथ जुट्नेछ। कठिन परिस्थिति सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। व्यवसायको माध्यमबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। लामो यात्रा व्यवस्थापनका लागि केही रकम खर्च हुने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। विविध समस्याले लक्ष्य प्राप्त गर्न नसकिएला। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।

SHARE

Author: verified_user