इलामलाई अब पहिलो सफा शहर बनाउन अभियान

SHARE

इलामलाई अब पहिलो सफा शहर बनाउन अभियान

मंगलबारे, इलाम - गत वर्ष सरसफाइमा देशकै दोस्रो सफा शहर बनेको इलामलाई अब पहिलो सफा शहर बनाउन पहल थालिएको छ ।

नेवा पुच भाषा संस्कृति समाज इलामले यहाँका विभिन्न स्थानको सरसफाइ अभियान शुरु गर्दै पहिलो सफा शहर बनाउने उद्घोष गरेको छ । प्लास्टिकजन्य उत्पादित फोहरलाई निश्चित स्थानमा विसर्जन गर्न तथा इलामको हरेक स्थान फोहरमुक्त बनाउन अभियान थालेको समाजका केदार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत मेची राजमार्गबाट इलामबजार छुट्टिने जिरो पोइन्ट, तिल्केनीमोड, सिंहवाहिनीमोडमा रहेका फोहरलाई व्यवस्थापन गरिएको समाजका किशोर श्रेष्ठले बताए। आगामी दिनमा इलाम सदरमुकामका हरेक क्षेत्रमा समाज पुगेर त्यहाँका स्थानीयवासीसँगै हातेमालो गरी अभियानलाई निरन्तरता दिइने समाजले लक्ष्य राखेको छ । शिक्षासेवीसहित ज्येष्ठ सदस्यलाई सम्मान इलामका समाजसेवी तथा शिक्षासेवी ठाकुरप्रसाद शिवाकोटीलाई सम्मान गरिएको छ ।

छिमेकी बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनका क्रममा शनिबार शिवाकोटीलाई सम्मान गरिएको हो । शिवाकोटीसँगै संस्थाका ज्येष्ठ सदस्यका रुपमा गंगाप्रसाद गौतम, बुद्धिप्रसाद गौतम र नेत्रप्रसाद कडरियालाई सम्मान गरिएको हो । उहाँहरुलाई दोसल्ला, खादासहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट बचतकर्ता, ऋणीलाई समेत सम्मान गरिएको बताइएको छ ।

Source: OnlineKhabar

SHARE

Author: verified_user

0 comments: