कोजाग्रत पुर्णिमाको रात यी उपाय अपनाउदा हुन्छ यस्ताे फलिफाप

SHARE

कोजाग्रत पुर्णिमाको रात यी उपाय अपनाउदा हुन्छ यस्ताे फलिफाप

भोलि बिहिवार असोज १९ गते अर्थात् कोजाग्रत पुर्णिमाको दिन, यो पुर्णिमाको रातमा चन्द्रमा आफ्नो १६ कलाहरुको साथमा देखिन्छ। शास्त्रमा उल्लेख गरे अनुसार कोजाग्रत पुर्णिमाको धेरै महत्व बताइएको छ। असोज महिनामा आउने पुर्णिमालाई शरद पुर्णिमा वा कोजाग्रत पुर्णिमाको नामले चिनिन्छ । परम्परागत मान्यता छ कि कोजाग्रत पुर्णिमाको रात महालक्ष्मीले पृथ्वीको भ्रमण गर्नुहुन्छ र सोध्नुहुन्छ “को जागृति?” अर्थात् को उठिरहेको छ ? यस कारणले यो पुर्णिमालाई कोजाग्रत पूर्णिमा भन्ने गरिन्छ। यो रात महालक्ष्मीले जो कोहि उठिरहेको देख्नुहुन्छ, पुजा गरिरहेको देख्नुहुन्छ, उसलाई देवीको कृपा प्राप्त हुन्छ। जान्नुहोस् ज्योतिषका अनुसार कोजाग्रत पूर्णिमाको रातमा कुन-कुन उपाय अपनाउन सकिन्छ, जसले नराम्रो समय र पैसाको कमिलाई टाढा भगाउछ।

यस्ता छन् ती उपायहरु:

१. शरद पूर्णिमाको रातमा महालक्ष्मीको पुजा गर्नुपर्छ र महालक्ष्मी मन्त्रको जप गर्नुपर्छ। मन्त्र जप कमसे-कम १०८ चोटी गर्नुपर्छ र यसको लागी कमलको गट्टाको मालाले जप गर्नुपर्छ। मन्त्र: ऊँ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्रीं ऊँ महालक्ष्मयै नम:।

**यो पनि पढ्नुहोस** के सपनामा मरेको मानिस देख्ने गर्नुहुन्छ ? कतै यस्तो त भएको छैन ?

२. शिवजीले आफ्नो टाउकोमा चन्द्र धारणा गरेका छन्। त्यसैले शिवजीको पुजाबाट चन्द्र देव पनि प्रशन्न हुन्छन् र कुण्डलीको चन्द्रसँग सम्बन्धित दोष पनि टाढा हुन्छ। यो पुर्णिमामा शिवजीको लागी यो उपाय अपनाउनु हुन्छ भने लक्ष्मी कृपा प्राप्त हुनसक्छ। शरद पुर्णिमाको रातमा शिवजीलाई खिरको प्रसाद चढाउनुहोस। खिर घर बाहिर अथवा चन्द्रमाको प्रकाशमा राखेर पकाउनुस। शिवजीलाई चढाए पछि प्रसाद ग्रहण गर्नुस्। यो उपायले मानसिक शान्ति मिल्छ।

३. शरद पूर्णिमाको रातमा हनुमानजीको अगाडी चौमुखा दियो बाल्नुस। यसको लागी तपाई माटोको एउटा दियो लिनुस् र त्यसमा तेल वा घ्यु हाल्नुस। त्यसपछि दियोमा कपासको बत्ति यसरी राख्नुस कि बत्तीलाई चारतिरबाटै बाल्न सकियोस्। दियो बाल्नासाथ हनुमान चालिसाको जप गर्नुस। यदि हनुमान चालिसाको जप गर्न सक्नु भएन भने सीताराम-सीताराम वा श्रीराम नामको जप गर्नुहोस्। – एजेन्सी

SHARE

Author: verified_user

0 comments: