मोटी हुने डरले यी युवतीले खाना खान छोडिन्, भयो यस्तो हाल

SHARE

मोटी हुने डरले यी युवतीले खाना खान छोडिन्, भयो यस्तो हाल

आजकाल सबै युवती आफ्नो फिगरबारे निकै जागरुक भएका छन् । आफ्नो शरिरलाई सुगठित राख्नका लागि उनीहरु व्यायाम गर्ने र जिम जाने गर्दछन् । तर केही युवतीहरु जिरो फिगर बनाउन यसरी लागी पर्छन् कि उनीहरु खान पिउन नै छोडिदिन्छन् । यस्तै भएको छ स्विटजरल्याण्डकी २४ वर्षीया जूलिया जोनसोनमाथि पनि ।

आफूलाई कुनै पनि हालतमा मोटी देख्न चाहन्थिनन् जुलियाः

जुलियालाई मोटो हुने डरले विद्यालयकाल देखि नै सताएको थियो । उनलाई लाग्थ्यो कि यदि एक चम्चामात्र पनि धेरै खाएमा राती उठेर व्यायाम गर्नुपर्छ ।

कपाल, कान, कपडामा लुकाउँथिन् खानाः

जुलियाले बिस्तारै खाना खान नै छोडिदिइन् । उनले स्कूलमा पाइने फ्याट सोडाको साटो डाइट सोडा खान थालिन् । बिहानको खाना खाँदा बटरलाई कि त कानमा राख्थिन् कि कपालमा लगाउँथिन् । उनले खानालाई ब्याग, पकेट वा लुकाउन मिल्ने स्थानमा लुकाउँथिन् ता कि त्यसलाई खान नपरोस् ।

**यो पनि पढ्नुहोस** १ करोड रुपैयाँमा एक बोतल पानी !

हड्डीको ढाँचामा आउन थालेकी थिइनु जुलियाः

जुलियाले यसकारण आफ्नो थुप्रै कुरा बर्बाद गरिन् । खाना नखाँदा बिस्तारै उनको स्वास्थ्यमा नकारात्मक असर देखिन थाल्यो । उनको बीएमआई इन्डेक्स १२ पुगेको थियो । एक स्वस्थ व्यक्तिको बीएमआई इन्डेक्स १८ देखि २४ बिच हुन्छ । उनको तौल ३५ किलोभन्दा मुनी पुगेको थियो । जुलिया हड्डी जस्तो देखिन थालेकी थिइन् ।

यो खतरनाक रोगसँग जुधिरहेकी थिइन्ः

उनी आफ्नो खुट्टामा राम्रोसँग उभिन सक्दिनथिन् । उनलाई लगातार रिंगटा लाग्थ्यो । डाक्टरले उनलाई उपचार नगराए उनको ज्यानै जानेसमेत चेतावनी दिएका थिए । वास्तवमा जुलिया एनोरेक्सियाबाट पीडित थिइन् । मानिस जब मोटो हुने डरले खान पिउन नै छोड्छ तब त्यस्तो स्थितीलाई एनोरेक्सिया भनिन्छ ।

अब युवतीहरुलाई दिइरहेकी छिन् सल्लाहः

उपचारपछि अब जुलियाको स्वास्थ्यमा पहिलेभन्दा निकै सुधार आएको छ । यद्यपी, उनको तौल अहिले पनि निकै कम छ र ठिक हुन लामो समय लाग्नेछ । जुलियाले युवतीहरुलाई तौल कम गर्नका लागि आफूले अपनाएको तरिका कदापी नअपनाउन अपिल गर्ने गरेकी छिन् ।

Source: Setopati

SHARE

Author: verified_user

0 comments: