
काठमाडौंमा चिसो बढ्यो
७ कात्तिक, काठमाडौं । काठमाडौंमा चिसो बढेको छ । सोमवार काठमाडौंको तापक्रम १५.५ डिग्री सेल्सियस रहेकोमा मंगलबार ११.४ डिग्री भएको छ ।
मौसमविद सुवास रिमालका अनुसार एकै रातमा चार डिग्री कम हुँदा चिसो बढेको महसुस भएको हो । रिमालका अनुसार यही रफ्तारमा चिसो बढ्ने सम्भावना भने छैन । ‘केही दिन यता काठमाडौंमा बादल लागेको थियो । बादल लागेका बेला न्यूनतम तापक्रम घट्दैन ।’
अनलाइनखबरसँग कुरा गर्दै रिमालले भने ‘बादल फाटेपछि चिसो बढेको हो । भोलि वा पर्सि पनि यही रफ्तारमा घट्दैन ।’
रिमालका अनुसार अबको केही दिन ११ डिग्री सेलसियसकै हाराहारीमा तापक्रम कायम हुन्छ ।
0 comments: