बुधबार बेलुकी सिद्धार्थ राजमार्गमा फेरि ठूलो पहिरो खस्यो

SHARE

बुधबार बेलुकी सिद्धार्थ राजमार्गमा फेरि ठूलो पहिरो खस्यो

आश्विन १९, २०७४-पहिरो खस्ने डरले हिजो बेलुका ८ बजेदेखि सवारीसाधन बन्द गरिएको सिद्धार्थ राजमार्गमा पुन: ठूलो पहिरो खसेर सवारीसाधन सञ्चालन अवरुद्ध भएको छ ।

**यो पनि पढ्नुहोस** राता रात युवतीबाट सर्प बनेपछी,पुरा पढेपछी तपाईं पनि पर्नुहुनेछ चकित !

राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको दोभान र सिद्धबाबाको बिचमा ठूलो ढुंगा सहित आज बिहान ३ बजेतिर पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । दोभान प्रहरी चौकीदेखि ५ मिटर अगाडि राजमार्ग बन्द हुनेगरी ठूलो पहिरो खसेको छ । पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन सुरु गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए ।

**यो पनि पढ्नुहोस** जपानीहरु किन लामो आयु बाँच्छन् ? यस्तो छ रहस्य

सडकमा ठूला ठूला ढुंगासहितको पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवल, भैरहवातर्फ जाने सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका छन् । एक सातादेखि नियमति यातायात सञ्चालन नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । दोभानदेखि सिद्दबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ । यही क्षेत्रमा केही दिनअघि कार र ट्रक पुरिने गरी पहिरो खसेको थियो ।

SHARE

Author: verified_user

0 comments: