बिष्णु पौडेल रुपन्देही-२ र प्रदीप ज्ञवाली गुल्मी-१ बाट सर्वसम्मत
१८ असोज,काठमाडौं । नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली आ-आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिस भएका छन् ।
पौडेल रुपन्देही क्षेत्र नम्बर ३ बाट एकल रुपमा सिफारिस भएको अनेरास्ववियुका सचिवालय सदस्य यम पाण्डेले जानकारी दिए । यसअघि पौडेल लगातार रुपन्देही ४ बाट चुनाव जितेका थिए । उनले २०७० को चुनावमा तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराईलाई पराजित गरेका थिए ।
**यो पनि पढ्नुहोस** एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कार
उनको निर्वाचन क्षेत्र रहेको बुटवल उपमहानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनलाई समेत सहज रुपमा पराजित गर्न भूमिका खेलेका पौडेल पछिल्लो बामपन्थी एकताका सुत्रधार हुन् ।
**यो पनि पढ्नुहोस** जपानीहरु किन लामो आयु बाँच्छन् ? यस्तो छ रहस्य
त्यस्तै सचिव प्रदिप ज्ञवाली गुल्मी १ बाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका छन् ।
एमालेका ५ नम्बर प्रदेश सहसंयोजक दलवहादुर राना पाल्पा १ बाट सर्वसम्मत रुपमा सिफारिस भएको पाण्डेले बताए ।
**यो पनि पढ्नुहोस** वायाँतर्फ ढल्किएर किन सुत्ने ? यस्तो छ कारण
अनलाइन खबरबाट साभार
0 comments: