खुल्यो कुकुरलाई बियर खुवाउने रेष्टुरेन्ट

SHARE

खुल्यो कुकुरलाई बियर खुवाउने रेष्टुरेन्ट

यो दुनियामा मानिसले मात्र मस्ती गर्ने ठाउँ कहाँ हो र ? मान्छेले झैँ मस्ती गर्ने अधिकार अरुलाई पनि त छ । सायद यहीँ सोँचेर होला कुकुरका लागि पनि एउटा विशेष रेष्टुरेन्ट बार खोलिएको छ ।

उक्त बारमा कुकुरहरु मनलाग्दी कुँद्न पाउँछन् । लडिबुडी गर्न पाउँछन्, सुत्न सक्छन् र मन लाग्यो भने बाहिर गएर पौडी खेल्न पनि पाउँछन् ।

**यो पनि पढ्नुहोस** : निधार बाट पनी थाहा हुन्छ व्यक्तित्व , जान्नुहोस् तपाई कस्तो ?

उक्त बारको मेन्यू पनि गज्जब नै छ । कुकुरलाई त्यहाँ स्पेशल बियर सर्भ गरिन्छ । त्यसको साथमा चिकेन तथा सागसब्जीका परिकार पनि । साथै केरा, सोया मिल्क तथा बदामबाट बनेको आइसक्रिम समेत ।

**यो पनि पढ्नुहोस** : दुई हात जोड्दा यस्तो अर्धचन्द्र बन्छ भने त्यसको अर्थ के हुन्छ त ?

डगी पिज्जा र डगी हर्बल चियाको बन्दोबस्त पनि छ त्यहाँ । यो कुकुर बारमा केवल कुकुरका लागि मात्र होइन, मानिसका लागि पनि खानपिन गर्ने चिजहरु किन्न पाइन्छ ।

आखिर यस्तो गज्जबको बार कहाँ खुलेको रहेछ ? भनेर खुल्दुली भयो होला । खासमा यो डगी बार चाहीँ युरोपेली देश क्रोयशियाको समुद्री किनारमा खुलेको छ । यसको नाम मोन्टी डगी बीच हो । एजेन्सी

SHARE

Author: verified_user

0 comments: