
अाजदेखि बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान सुरू, कति छ भाडादर?
बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान सुरू गरेको छ ।
उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान सुरू गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।
त्यस्तै, ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो विमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए।
**यो पनि पढ्नुहोस** : बजाजले विद्युतीय मोटरसाइकल बनाउने ! हेर्नुहोस एस्तो छ मोटरसाइकल
पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा तीनहजार ६ सय रुपैयाँ र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै, पोखराबाट भैरहवाका लागि नेपालीलाई चार हजार २ सय रुपैयाँ र विदेशीका लागि ९७ डलर कायम गरिएको छ ।
**यो पनि पढ्नुहोस** : १० महिनामै आर्मीले बनायो अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान
यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिए । रासस
0 comments: