बैदेशिक रोजगारका लागि कुन देश जान कति खर्च लाग्छ ? बढी लिए यसो गर्नुस् !!

SHARE

बैदेशिक रोजगारका लागि कुन देश जान कति खर्च लाग्छ ? बढी लिए यसो गर्नुस् !!

काठमाडौँ | बैदेशिक रोजगारीमा जानको लागि कुन देश जान कति लागत खर्च लाग्छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्ने हुँदा त्यस सम्बन्धि जानकारी दिने प्रयास गरिएको छ ।

बिभिन्न म्यानपावर कम्पनीहरुले बैदेशिक रोजगारीमा जाने क्रममा सरकारले तोकेभन्दा बढी पैसा अशुलेको खण्डमा उक्त रकम अबैध हुने हुँदा सोच विचार पुर्याई म्यानपावरलाई पैसा बुझाउनुपर्छ । जुन देशको लागि जति पैसा तोकिएको हुन्छ त्यो भन्दा बढी रकम म्यानपावरले आशुलेमा म्यानपारले कानुन अनुसार कारवाहीको भागीदार हुनुपर्छ ।

**यो पनि पढ्नुहोस** : जीवनभर खुसीयालीसाथ बिताउनको लागि कुन बार जन्मेका केटा र कुन बार जन्मेकी केटी राम्री ? जानकारी लिनुहोस ।

साथै कसैले तोकेभन्दा बढी रकम माग गरेमा बैदेशिक रोजगार बिभागको फोन न. ४७८२४५४ मा सिधा सम्पर्क गर्न सकिन्छ । त्यस्तै बैदेशिक रोजगार प्रवर्दन बोर्डको फोन न. ४१०५०६८ मा पनि फोन गर्न सकिन्छ ।खाडी मुलुक र मलेशियाको हकमा फ्रि भिषा फ्रि टिकट लागू गरिएको छ । साथै बिदेशस्थित कम्पनीले इजाजतपत्रवाला संस्थाहरुलाई सेवा शुल्क रकम प्रदान नगरेको अवस्थामा मात्र माथि उल्लेखित सेवा शुल्क वापत अधिकतम रु. १०,००० सेवा शुल्क लिन पाइनेछ । तर बैदेशिक रोजगारमा पठाउने म्यानपावरले तोकेभन्दा ५० गुणासम्म रकम अशुली गर्दै आएका छन् ।

हेर्नुस् – बैदेशिक रोजगारीको लागि कुन देशमा जान कति खर्च लाग्छ ?

याद राख्नुहोस् तोकिएभन्दा बढी रकम लिने म्यानपावरलाई कारवाही हुन्छ । त्यसको लागि यथेस्ट प्रमाण जुटाउन वा म्यानपावरले मोटो रकम मागेपछि माथि दिईएका फोनमा सम्पर्क गरी म्यानपावरको काम-काज नै ठप्प बनाउन सकिन्छ ।

**यो पनि पढ्नुहोस** : “केपिलाई नपढेका भन्नेहरुले एक चोटि यो अवश्य पढ्नुस नत्र पछुतो हुनेछ !"

मलेशिया – रु १०,००० /-

जापान – ५०,०००/-

बहराइन – रु १०,०००/-

कुबेत – रु १०,०००/-

लेबनान – रु ७०,०००/-

ओमन – रु १००००/-

पोल्याण्ड – रु ८० ४००/-

कतार – रु १०,०००/-

रशिया – रु ८०,००० /-

साउदी अरब – रु १०,०००/-

दुवै ( UAE) – रु १०,०००/-

SHARE

Author: verified_user

0 comments: